मराङ र मल्कबाङमा एमालेको वडा स्तरीय प्रशिक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका विषयमा प्रशिक्षण दिनुभएको हो ।

भण्डारीले एमाले विकासपे्रमी पार्र्टी भएकाले बस्ती बस्तीबाट जनताले साथ दिएको बताउनुभयो । आसन्न स्थानीय तहको निर्वाचनमा वडामा एमालेलाई जिताउनका लागि जनताका दैलोमा विकास र विश्वासका एजेण्डाहरुलाई लिएर पुग्नु पर्ने उहाँको भनाई थियो । जिल्ला कमिटि सदस्य तथा वडा ईन्चार्ज ईश्वर सुवेदीले गठबन्धन संग चुनाव लड्न धवलागिरी गाउँपालिकामा एमाले एक्लै सक्षम रहेको बताउनुभयो ।

केपी ओली सरकारले गरेका कामहरु जनमैत्री छन, अहिलेको सरकारले जनभावना विपरितका कार्यहरु मात्रै गरेको छ, सुवेदीले भन्नुभयो, ‘देश बनाउने पार्र्टी एमाले हो भन्ने कुरा आम जनताले बुझिसकेका छन । ’ कार्यक्रममा जिल्ला कमिटि सदस्य रोशन कार्की, मदन मल्ल, पालिका कमिटि अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राजाराम सुवेदी, सचिव रेशम छन्त्याल, युवा संघको तर्फबाट जित गर्र्बुजा र अखिल नेपाल महिला संघको तर्फबाट तिल कुमारी केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रम वडा कमिटि अध्यक्ष ज्ञान बहादुर गर्बुजाको अध्यक्षता, उपाध्यक्ष रघुनाथ उपाध्यायको स्वागत र उपसचिव केसव गर्बुजाको संचालनमा सम्पन्न भएको थियो । त्यस्तै धवलागिरी गाउँपालिका वडा नं ५ मल्कबाङमा आइतबार वडा स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारी, जिल्ला कमिटि सदस्य मदन मल्ल, पालिका कमिटि अध्यक्ष होम बहादुर थापा र सचिव रेशम छन्त्यालले पार्टिको चुनावी रणनीति तथा कार्ययोजनाको विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा नं ५ का वडा कमिटिका पदाधिकारी तथा अगुवा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नेकपा एमालेले जिल्लाभर आसन्न स्थानीय तहको चुनाव लक्षित रहेर प्रशिक्षण कार्यक्रमलाई तिव्रताका साथ संचालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार