• म्याग्दीमा बन्दको प्रभाव (तस्बिरहरु)

    बेनी ।एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव म्याग्दीमा परेको छ । बन्दकर्ताले शैक्षिक संस्थाका प्रतिनिधिलाई फोन गरेर समेत बन्दको अवज्ञा नगर्न सचेत बनाउन थालेपछि बन्दको प्रभाव देखिएको हो । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेनन् । सोमबार बि...

  • संसदबाट एमसीसी सम्झौता बहुमतले अनुमोदन

    काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (मसीसी) अनुमोदन गरेको छ ।८ असोजमा टेबल भएको एमसीसीमाथि आइतबार पहिलो बैठकमा सैद्धान्तिक छलफल भएको थियो । सत्तारूढ कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले समर्थन गरे । माओवादी केन्द्र, एकी...

  • थप १११ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय १० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...

  • संसदले गर्ने सबै काम र निर्णय ठिक हुन्छन् भन्ने छैन : लिङ्देन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले संसदले गर्ने सबै काम र निर्णय ठिक नहुने उदाहरण नेपालमै पाइने बताउनुभएको छ । महाकाली सन्धिलाई उनले त्यसको एक उदाहरणका रुपमा व्याख्या गर्नुभयो। उहाँले प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सामान्य छलफलमा भाग लिँदै जनता सडकमा उत्रि...

  • एमसीसी पास गर्न कोही नलागौँ : चौधरी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तर्गत भएको भन्दै त्यसलाई पास गर्न नहुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिदै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तर कुनै शक्ति राष्ट्रको स्वार्थका लागि आफ्नो भूमि प्रयोग दिन वैधानिक...

  • एमसिसी पाउनु हाम्रो हक, सम्मानजनक हुनुपर्छ : खनाल

    काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसीजस्ता सहयोग पाउनु नेपालको हक भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा भइरहेको एमसिसी सम्झौताबारेको छलफलमा बोल्दै खनालले नेपालजस्ता अविकसित मुलुकले विकसित मुलुकबाट सहायता पाउनु हक भएको बताउनुभएको हो । एमसिसीजस्त...

  • कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला

    विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे नौ बजे अस्पतालका कर्मचारीले शौचालयमा सालनालसहितको शिशुको शव फेला पारेका थिए। अस्पतालले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीका अनुसार शौचालयको प्यानमा भेटिएको शिशुका अभिभावकबा...

  • माओवादी केन्द्र एमसीसीको पक्षमा, कार्यकर्ताहरु विरोधमा प्रदर्शन गर्दै

    काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । आइतबार नयाँ बानेश्वरमा भइरहेको एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी क...

  • नेपाल विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

    काठमाडौँ । साधारण सेयर (आइपीओ) जारी गर्ने तयारीमा रहेको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले ‘डबल ए प्लस’ स्तरको रेटिङ प्रदान पाएको हो । डबल ए प्लस रेटिङ पाउने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्नसक्ने उच्च क्षमता सुरक्षित ...

  • रुसले युद्ध बन्द गरेर युक्रेनबाट सैनिक फर्काउनु पर्छः गौतम

    काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युद्ध बन्द गरेर युक्रेनबाट सैनिक फर्काउनु पर्ने बताउनुभएको छ । दुई राष्ट्रकाबीचको समस्या समाधान गर्न शान्ति वार्तामा बस्नुपर्ने पनि उहाँको धारणा छ । आइतबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, ‘संसारकै दोस्रो महाशक्ति राष्ट्रका रुपमा चिनिएको रुसले यही महिनाको ...