• महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माग

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन हलबाटै पार्टी नेतृत्वसहितको केन्द्रीय कमिटी र पदाधिकारी चयन गरिनुपर्ने आवाज बन्दसत्रमा उठेको छ । राष्ट्रिय महाधिवेशन अन्तरगत जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले प्रतिनिधिहरुबीचको छलफलबाट यस्तो निष्कर्ष आएको बताउनुभय...

  • चन्द्रागिरीमा युवक मृत फेला

    काठमाडौँ । काठमाडौंको चन्द्रागिरीमा युवक मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरी नगरपालिका–४ स्थित सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले बताउनुभयो । मृत फेला परेका लामा काठमाडौंको नागार्जुन नगरपालिका–१ का स्थानीय हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी द...

  • पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प

    एजेन्सी । इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्‍निच्यूडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान,जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ। बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएको छ । ...

  • चर्चित र्‍यापर लाहुरे पक्राउ

    काठमाडौँ । चर्चित र्‍यापर आशिष राना पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको हो। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्।...

  • बझाङमा दुई जना मृत फेला, चिसोले कठ्यांग्रिएर ज्यान गएको हुन सक्ने अनुमान

    धनगढी । बझाङमा दुई जना पुरूष मृत फेला परेका छन् । छबिसपाथीभेरा गाउँपालिका–७ बुड्खोरीका ४३ बर्षीय जंग धामी घरनजिकै नौपाते भन्ने ठाउँमा बिहीबार बिहान मृत फेला परेका हुन्। यस्तै, सुर्मा गाउँपालिका–१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा मंगलबारदेखि हराएकोमा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उ...

  • ओमिक्रोन र डेल्टा मिलेर संसारमा ल्याइरहेको छ कोरोनाको खतरनाक सुनामी : डब्लूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर संसारमा कोभिड–१९ को नयाँ संक्रमितको खतरनाक सुनामी ल्याइरहेको बताएको छ । डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसको यो बयान यस्तो समयमा आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भइरहेको ...

  • ताइवानले स्वतन्त्रताको कुरा उठाए उमाथि कठोर कदम चाल्छौं : चीन

    काठमाडौँ । ताइवानले औपचारिक रुपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिएको छ । ताइवानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइवान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले ताइवानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन सम्भाव्य सबै विकल्पमा छलफल गर्न...

  • चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

    काभ्रे । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसोले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्य...

  • भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    भक्तपुर । भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । सो कारले गु...

  • हेलम्बु क्षेत्रमा हिउँमा फसेको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एसियाली विकास बैंक (एडिबी)को विशेषज्ञसहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् उनीहरुको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले जानकारी दिनुभयो । चिसोका कारण स्वास्थ्यमा सामान्य ...