बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...
धवलागिरी गाउँपालिका
-
-
धवलागिरीको ताकममा विपन्न परिवारलाई राहत वितरण
गोपाल आचार्यताकम, बुधबार बैशाख ०३ गते । । कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकमका विपन्नलाई खाद्यान्न वितरण गरिएको छ । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका, श्रमिक र विपन्न परिवारलाई गाउपालिकाले मंगलबार खाद्यान्न वितरण गरेको हो । १९६ परिवारलाई खाद्यान...
-
मध्यरातमा परेको भिषण असिनापानी र बाढीले ठुलो क्षती (तस्बिर सहित )
म्याग्दी ,मंगलबार बैशाख ०२ गते । मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो । असिना पानीसंगै आएको बाढ...
-
म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ
म्याग्दी ,शनिबार चैत २९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)को म्याग्दीमा र्यापिड टेस्ट सुरु भएको । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्यापिड टेस्ट सुरु गरिएको हो । शनिबार पहिलो दिन बेनी न...
-
मराङमा श्रमिक र विपन्न परिवारलाई राहत वितरण
तेजिन्द्र पुनमराङ, शनिबार चैत २९ गते । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका ८८ घरपरिवारलाई बिहीबार राहत वितरण गरिएको छ ।कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण प्रभावित भएका श्रमिक, विपन्न र अशक्त परिवारलाई गाउपालिकाले खाद्यान्न वितरण गरेको हो । प्रति परिवार एक बोरा चामल, तीन पोका खाने तेल, दुई किलोग्राम नु...
-
कोरोना लक्षणका विरामीको स्वास्थ्य उपचारमा ५० हजार रुपैयाँको औषधी सहयोग गर्ने थापा दम्पत्तीको घोषणा
बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाका एक दम्पत्तीले कोरोना लक्षणका विरामीको स्वास्थ्यउपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकम,धारापानी निवासी नेपाली कांग्रेस, म्याग्दी क्षेत्र नं ख का कोषाध्यक्ष एवम् समाजसेवी तेजेन्द्र थापा र उहाँकी श्रीमती ...
-
धवलागिरि गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण सुरु (तस्बिर सहित )
म्याग्दी शनिबार चैत २२ गते । जिल्लाको धवलागिरी गाउँपालिकाले विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न र मजदुरहरुलाई राहत वितरण सुरु गर...
-
बेनीमा खाद्यान्नको उपलब्धता र आपुर्तिका विषयमा छलफल
बेनी,विहिबार चैत २० गते । नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा हुन सक्ने सम्भावित खाद्यान्न अभावको समस्यालाई समाधान गर्न सरोकारवालाहरुबीच बुधबार बेनीमा छलफल भएको छ । म्याग्दी उद्योग वाणिज्यले आयोजना गरेको छलफलमा जनप्रतिनिधि प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग क...
-
धवलागिरी गाउँपालिकाका युवाहरु कोरोना विरुद्ध सचेतना अभियानमा
बेनी, बुधबार चैत १९ गते । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९)कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ । २२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मु...
-
कोरोना रोकथाम तथा नियन्त्रणका लागि धवलागिरी गाउँपालिकामा पचास लाखको आकस्मिक कोष
म्याग्दी ,आइतबार चैत १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास ल...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 37
- Next Page »


























