कोरोना लक्षणका विरामीको स्वास्थ्य उपचारमा ५० हजार रुपैयाँको औषधी सहयोग गर्ने थापा दम्पत्तीको घोषणा

बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाका एक दम्पत्तीले कोरोना लक्षणका विरामीको स्वास्थ्यउपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकम,धारापानी निवासी नेपाली कांग्रेस, म्याग्दी क्षेत्र नं ख का कोषाध्यक्ष एवम् समाजसेवी तेजेन्द्र थापा र उहाँकी श्रीमती बिष्णुकुमारी थापाले गाउँपालिका भित्रका कुनैपनि कोरोना भाइरस लक्षणका विरामी देखिएमा उनिहरुहरुकाे स्वास्थ्य उपचारका लागि पचास हजार रुपैयाँ बराबरको औषधी सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)लक्षण देखिएका विरामीहरुलाई गाउँपालिकाको समन्वय तथा स्वास्थ्यकर्मीको सहकार्यमा विरामीलाई उपचार गर्ने व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुलाई ज्वरो,रुघाखोकी तथा विभिन्न स्वास्थ्य समस्या देखिएमा औषधी सहयोग गर्ने थापा दम्पत्ती घोषणा गर्नुभएको छ । गाउँपालिका भित्र बसोबास गर्ने गरिब तथा विपन्न परिवार गाउँपालिकाले राहत सहयोग गरेको बताउहुँदै आफुहरुले राहत संगै स्वास्थ्य उपचारका लागि औषधी उपलब्ध गराउने निधो गरिएको थापा दम्पत्तीको भनाइ छ ।

‘गाउँपालिका भित्र कोरोना संक्रमित तथा कोरोना लक्षणका विरामी देखिएमा स्वास्थ्यकर्मीको सहकार्य तथा गाउँपालिकाको समन्वयमा विरामीको स्वास्थ्य उपचारमा लाग्ने पचास हजार रुपैयाँ मुल्य बराबरको औषधी निशुल्क उपलब्ध गराउने घोषणा गरेका छौं’ थापा दम्पत्तीले भन्नुभयो,‘अहिलेसम्म गाउँपालिकाले स्थापना गरेका सबै क्वारेन्टाइनमा बसेकाहरुमा कसैलाई पनि त्यस्तो कोरोना संक्रमनकाे लक्षण देखिएको छैन्,यो हाम्रो लागि खुशिको कुरा हो ।’

यसअघि बैदेशीक रोजगारीको शिलशिलामा मकाउ ,बहराइन लगायत विभिन्न देशमा १७ बर्ष बढी समय विताएर घर आउनुभएका थापा जिल्लाको धार्मिक स्थल ताकमकोट मन्दिर निर्माण समितिका अध्यक्ष समेत हुनुहुन्छ । बिषम परिस्थितीमा सहयोग गर्न थापा दम्पत्तीले सबैलाई आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार