• करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजर खत्रीको मृत्यु

    काठमाडौं । ओखलढुंगामा करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजरको मृत्यु भएको छ। बुधबार बिहान ११ बजे मोलुङ-१ कुन्तादेबी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। सिद्धिचरण-१२ सिमलडाँडाको बिजुली आपूर्तिको लागि जम्परु छुटाउन उनी बिजुलीको पोलमा चढेका थिए। त्यही क्रममा विद्युत...

  • गोरखामा जडिबुटी खोज्न जाँदा भीरबाट लडेर एक युवकको मुत्यु

    गोरखा । लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उनले भने, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाइ खबर गरेँ ।’ अहिले घटनास्थलत...

  • कैलालीमा करेन्ट लागेर एकको मृत्यु

    धनगढी । गौरीगंगा नगरपालिका १० नुक्लिपुरमा करेन्ट लागेर सोही ठाउँका ३० वर्षीय रघुवीर सिंह धामीको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले खेतमा बाली बचाउनका लागि जंगली जनावरलाई पासो थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने बताए। उनले खेतबारीको बीचबाट ग...

  • कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा दुई जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा थप दुईजनाको मृत्यु भएको छ । ललितपुरको धापाखेलका ८० वर्षीय पुरुष र पाटनका ७४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । भदौ ५ गते अस्पताल भर्ना भएका धापाखेलका पुुरुषको हिजो बेलुकी मेघा अस्पतालमा र भदौ १६ गते अस्पताल भर्ना गरिएका पाटनका पुर...

  • कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बारबर्दियाका वडाध्यक्ष थारुको मृत्यु

    गुलरिया । कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बारबर्दिया नगरपालिकामा एक वडाध्यक्षको मृत्यु भएको छ । वडा नं. ३ का वडाध्यक्ष ३९ वर्षीय कमल थारुको मृत्यु भएको हो । वडाध्यक्ष थारुको शव व्यवस्थापनका लागि अहिले बारबर्दिया नगरपालिकासँग समन्वय भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । जनय...

  • मकवानपुरमा पहिरोमा परेर एक जनाको मृत्यु

    हेटौंडा । काठमाडौँ– हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार...

  • झापाका ८६ वर्षीय कोरोना संक्रमितको मृत्यु

    विराटनगर । बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारको क्रममा झापाको भद्रपुर नगरपालिका १० का कोरोना संक्रमित ८६ वर्षीय एक वृद्धको बुधबार बिहान मृत्यु भएको छ । ज्वरो, नियमोनिया, श्वासप्रश्वास, मधुमेह र मिर्गौलासम्बन्धी समस्या लिएर आइतबार अस्पताल भर्ना भएका उनलाई आईसीयूमा भर्ना गरी उपचार थालेको र ...

  • काभ्रेमा एकैदिन ६९ सैनिकसहित ७९ जनामा कोरोना संक्रमण पुष्टि

    काभ्रे । काभ्रेमा हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार मङ्गलबारक...

  • म्याग्दीमा १ सहित गण्डकीमा २५ जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा एक जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा जिल्लाको बेनी नगरपालिका– ३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित पुरुष छिमेकी मुलुक भारतबाट आएका हुन् । संक्रमित पुरुष बेनीको माउण्ट एभरेष्ट आवासिय...

  • नेपालमा कोरोना अपडेट : १ हजार ३५६ संक्रमित थपिए

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताउनुभयो । उहाँका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार...