गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३,७४४ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरणअनुसार कास्की जिल्ला, पोखरा महानगरपालिकाका–३ का २७ वर्षीय पुरुष र १५ का ३८ वर्षीय पुरुष गरि २ जना नेपाल प्रहरीमा कार्यरतमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै वार्ड नं. ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदारमा संक्रमण भएको हो । उनीहरुसँगै लमजुङ जिल्ला, मध्यनेपाल–६ का ३५ वर्षीय स्कुलका शिक्षकमा पनि संक्रमण देखिएको छ ।

यस्तै बाग्लुङ जिल्लाका धेरैजसो संक्रमित भारतबाट र केहि संक्रमित जापान, ओमान, दुबई, क्यानाडाबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकीमा कोरोना संक्रमितहरुको संख्या ३ हजार ७ सय ४४ पुगेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार