काठमाडौं । किसानलाई उखुको पैसा नतिर्ने ५ उद्योगको जग्गा र बैंक खाता रोक्का गर्न पत्राचार गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिमा मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले यस्तो जानकारी दिनुभएको हो। मन्त्रालयले हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलको बैंक खाता...
राष्ट्रिय
-
-
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनबाट शर्माको उम्मेदवारी
दाङ । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस बाँकेका युवराज शर्माले उम्मेदवारी दिनुभएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे, राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ । राष्ट्रियसभाका १९ जना निर्वाचित सदस्य र एक जना मन...
-
पार्टीमा एकता जरुरी छ : प्रधानमन्त्री देउवा
धरान । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताउनुभएको छ । धरान २ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई मंगलबार संक्षिप्त सम्बोधन गर्दै देउवाले यस्तो बताउनुभएको हो। उहाँले पार्टीभित्र एकता जरुरी भएकोमा जोडदिदै एकताल...
-
एसपी पाण्डेलाई फौजदारी अभियोगमा कारबाही गर्न कांग्रेसको माग
सिरहा । नेपाली कांग्रेस सिरहाले जिल्ला प्रहरी कार्यालय सिरहाका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई फौजदारी अभियोगमा हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ । कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवको धनगढीमाई नगरपालिका–९ जिरोमाईलस्थित घरमै आइतबार मध्यराति पुगेर एसपी पाण्डेले अमर्यादित गाल...
-
लिङ्देनद्वारा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । लिङ्देनले मंगलबार ३१ जना केन्द्रीय सदस्य मनोनयन गर्नुभएको हो । लिङ्देनले मनोनीत गरेकाहरूमा शाहीकालका मन्त्री टंक ढकाल, पूर्वमन्त्री दीपक बोहरालगायत छन्। पार्टीको विधान बमोजिम उनीहरुलाई केन्द्रीय कार्य ...
-
म सधैंभरि कप्तान बन्न आएको होइन : मल्ल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताउनुभएको छ । मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा त्रिवि क्रिकेट मैदानमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताउनुभएको हो । नेपाल क्रिकेट सं...
-
विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय
काठमाडौँ । मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ। शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोलनको प्रभावका कारण अस्तव्यस्त बन्ने गरेक...
-
कुकुरको टोकाईबाट २ बालक घाइते
उदयपुर । सडकमा डुलिहिड्ने भुस्याहा कुकुरको टोकाईबाट उदयपुरमा २ बालक घाइते भएका छन्। अनियन्त्रित डुलिहिड्ने कुकुरले मंगलबार विहान टोकेर त्रियुगा नगरपालिका ८ खाट मन्दिरस्थित सुपरसेन ऐकेडेमीका २ बालक घाइते भएका हुन्। स्कुल पढ्न जाँदै गरेका त्रियुगा नगरपालिका ८ का १२ वर्षीय सायल खत्री र ५ वर्षीय सुसिल बस्नेतलाई भुस्याहा...
-
माओवादीको मागः काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ
काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँ उपत्यकाभित्रको माटो बालुवा उत्खननमा रोक लगाउनुपर्नेमा जोड गरेको छ । काठमाडौंमा हालै सम्पन्न आठौँ महाधिवेशनवाट पारित समसमायिक प्रस्ताव पारित गर्दै चुरे बिनासप्रति सतर्क रहनुपर्ने भन्दै काठमाडौं उपत्यका भित्र उत्खनन र प्रशोधन दुवै गर्न नदिनका लागि जोड गरेको हो । ‘चुरे विन...
-
राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले मनोनयन दर्ता गरे
कास्की । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम स...