• सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार माओवादीमा प्रवेश

    काठमाडौँ । सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । लामो समयदेखि वल्लो किरात संघर्ष समितिमा क्रियाशील रहेका सुनुवारलाई खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले खदा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । संयुत्त किरात लिपिका संयोजकसमेत रहेका सुनुवारले माओवादीमा रह...

  • अरू दलसँग तालमेल गर्ने कि नगर्ने चैत दोस्रो साता टुंगो लाग्छ : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट हुने बताउनुभएको छ । तालमेल गर्ने वा नगर्नेबारे चैत दोस्रो साता बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरिने र बैठकको निर्णयअनुसार यसको टुंगो लाग्ने शर्मा बत...

  • रवीन्द्र अंकल, जुन दिन हामी गाली गर्न छाड्छौं तपाईंको राजनीति सकिनेछ : पाण्डे

    काठमाडौँ । विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएपछि मिलन पाण्डेले यो निर्णय सुनेर दया लागेको टिप्पणी गर्नुभएको छ । विवेकशील साझाको संयोजक रहेका पाण्डेलाई पार्टीले यसअघि नै साधारण सदस्य पनि नरहने गरी निकालेको थियो। आइतबार (फागुन ३० मा) बसेको कार्यसम्पादन समिति बैठकले लगातार केन्द्रीय समि...

  • एमालेले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा सरकारले अन्त्य गरेको संसदको हिउँदे अधिवेशनका विषयमा छलफल हुने उहाँले बताउनुभयो । अनलाइनखबरबाट...

  • स्थानीय चुनावका लागि सिके राउतको जनमत पार्टी पहिलो नम्बरमा दर्ता

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जम्मा ७९ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार दर्ता भएका ७९ दलमध्ये सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको छ। आयोगले निर्वाचनका दल दर्ताको आह्वान गर्दा जनमत पार्टी पहिलो नम्बरमा दर्ता हुन गएको थियो। आयोगका प्रवक्ता शालिग्राम ...

  • राजनीतिलाई पैसा कमाउने थलो बनाइयो : बिजुक्छेँ

    भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शासक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा विकास गरेको आरोप लगाउनुभएको छ । उहाँले यही कारण देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताउनुभयो । भक्तपुर नगरपालिका–१० स्थित लान्चा फल्चाको मंगलबार उद्घाटन गर्दै उहाँले...

  • बसाइँसराइ सहरीकरणका लागि डरलाग्दो समस्या : मन्त्री झाँक्री

    बुटवल । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराइ सहरीकरणको डरलाग्दो समस्या भएको बताउनुभएको छ । उहाँले गाउँबाट सहरतिर बसोबास बढ्नु सहरीकरणका कारण चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइँसर...

  • अनुदान पाएका प्रदेशले प्रगति विवरण नपठाउँदा खानेपानीमा समस्या : मन्त्री चौधरी

    काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले संघीय सरकारले संविधानबमोजिम प्रदेश सरकारको जिम्मामा रहेका खानेपानी आयोजना निर्माण गर्न प्रदेश सरकारलाई ससर्त अनुदान दिए पनि त्यसको प्रगति विवरण पठाउन नसक्दा समस्या जटिल बन्दै गएको बताउनुभएको छ । ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समितिको २६औँ वार्षिकोत्सव कार्यक्रमको मं...

  • संयुक्त राष्ट्र संघको अबको महासचिव महिला हुनुपर्छ : महासभा अध्यक्ष

    एजेन्सी । संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने धारणा राख्नुभएको छ । महासभाको ७६औँ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन्। महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशनको उद्घाटन गर्दै शा...

  • साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट

    काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो।‘सो अवसरमा दुई देशबीच रहिआएको ...