विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न माग गरेको छ । जसपा प्रदेश १ समितिका अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति प्रकाशित गर्दै नामकरण पहिचानको आधारमा हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले आज बस्ने सर्वदलीय बैठकमा आफ्नो तर्फबाट ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प...
समाचार
-
-
मन्त्री भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित
धनुषा । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित हुन पुगेको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन पुगेको हो । ‘आफैँ ...
-
युक्रेनमा रहेका आफ्ना नागरिक ल्याउन भारतले पठायो जहाज
एजेन्सी । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न जहाज पठाएको छ। टाइम्स अफ इन्डियाका अनुसार एयर इन्डियाको एउटा जहाज मंगलबार बिहान दिल्लीबाट किएभका लागि उडिसकेको छ। युक्रेनमा रहेका भारतीय नागरिकलाई फिर्ता ल्याउन अरू पनि उडान गर्ने भारतको तयारी छ। विद्यार्थीसहित युक्रेनमा २० हजार बढी भारतीय रहेको तथ्यांक छ।...
-
निर्वाचन आयोगले सरकारसँग माग्यो ८ अर्ब ९५ करोड
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेको छ । वैशाख ३० मा हुन लागेको निर्वाचनमा मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्ताको लागि सोमबार अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार १ सय १२ रुपैयाँ माग गरेको आयोगले जनाएको छ । कोभिडको...
-
शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति
काठमाडौँ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेस गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको छ । सोमबार मन्त्रालय र महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघब...
-
१२ प्रहरी जवान सम्पर्क बाहिर, हाजिर हुन ७ दिने म्याद
काठमाडौं । १२ जना जवान सम्पर्कमा नरहेपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउन सात दिने म्याद दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गरी बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । सात दिनभित्र पनि सम्प...
-
रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकासँग युक्रेनको माग
न्युयोर्क । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उहाँले यस्तो माग गर्नुभएको हो । रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि व...
-
पर्यटनमा सघाइदिन बेलायती राजदुतसँग मुख्यमन्त्रीको आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले गण्डकीको विकासको प्रमुख आधार पर्यटन भएकोले यसको विकास अपरिहार्य रहेको बताउनुभयो । बेलायतले नेपालको विकासम...
-
प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक
विराटनगर । ६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि अलमलमा रहेको प्रदेश १ मा आज सोही विषयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नमाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ...
-
३६ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो । चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले भन्नुभयो–‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’ चिनियाँ नाग...






















