• घोराही कारागारका फरार नाइके भारतमा पक्राउ

    काठमाडौँ । घोराही कारागारबाट प्रहरीको मोटरसाइकल प्रयोग गरेर फरार भएका नाइके यमराज परियार भारतमा पक्राउ परेका छन् । उनलाई भारतबाट आज नेपाल ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ । परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयले सोमबार बेलुका पत्रकार सम्मेलन आयोजना गरेको छ । यो ...

  • लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप

    रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताउनुभएको छ । उहाँले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा दिने तयारी गरिए...

  • सडकको लापरबाहीले गैँडा मर्‍यो : चितवन राष्ट्रिय निकुञ्ज

    काठमाडौँ । वन्यजन्तु करिडोरमा लापरवाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो । निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतब...

  • सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

    काठमाडौँ । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर...

  • कानुन संशोधन गरेर सरकारले निर्वाचनको मिति तोक्छ : उपसभापति खड्का

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गरेर मात्र सरकारले चुनाव निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । संविधान र कानुन बाझिएका कारण निर्वाचनको मिति तोक्न सरकारलाई समस्या परेको भन्दै उहाँले यसबारे आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।‘संविधानसँग बाझिएका कानुन स...

  • एमालेमै फर्किइन् हरिपुरकी उपमेयर काफ्ले

    काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले एमालेमै फर्किएकी छन् । काफ्ले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेकै फर्किएकी हुन् । काफ्ले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपमेयर बनेकी थिइन् । पार्टी विभाजनसँगै कानूनले दिएको समयभित्र नेकपा एसमा सनाखत गरेकी थिइन् ।स्थायी कमिटी सदस्य प्रभु साहका अनु...

  • ६ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनका लागि एकै पटक ६ वटा कम्पनीलाई अनुमति दिएको छ । माघ ९ गते आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले बलेफी हाइड्रोपावरलाई ...

  • प्रधानमन्त्रीले बोलाएर आकस्मिक मन्त्रिपरिषद बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नागरिक खबरबाट...

  • पाकिस्तानमा पहिलोपटक सर्वोच्च अदालतको न्यायाधीशमा महिला

    एजेन्सी । पाकिस्तानमा पहिलो पटकमा सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जन...

  • विमानको पांग्रामै बसेर ११ घण्टा यात्रा

    एजेन्सी । दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ। जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ। तसर्थ, पांग्रामा लुकेका...