पाकिस्तानमा पहिलोपटक सर्वोच्च अदालतको न्यायाधीशमा महिला

एजेन्सी । पाकिस्तानमा पहिलो पटकमा सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् ।

बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन । किनकी उनको प्रमोसनमा देशभरका वकिलहरूले विरोध गरेका थिए । वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन् । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सिलले पनि आन्दोलन घोषणा गरेको थियो । सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार