• उत्तर कोरियालाई प्रतिबन्ध लगाउने अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे विफल

    एजेन्सी । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीनले विफल पारिदिएका छन् । उत्तर कोरियाले श्रृंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेका बेला उमाथि राष्ट्रसंघले लगाउने प्रतिबन्धलाई रसिया र चीनले विफल पारिदिएका हुन् । राष्ट्रसंघको सुरक्षा परिषद्को वैठकअघि अमेरिकी प्रस्ता...

  • पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

    काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षाहरु स्थगित भएको छ । कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरु हालका लागि स्थगित गरिएका हुन् । परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गर्दै सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेस्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी ...

  • माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो । ‘केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य माप...

  • एमाले उपाध्यक्ष पोखरेलको प्रश्न : प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?

    काठमाडौँ । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाउनुभएको छ । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उहाँलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन...

  • क्रमबद्ध निर्वाचन गर्नुको विकल्प छैन : पौडेल

    काठमाडौँ । कांग्रेस नेता प्रदीप पौडेलले संवैधानिक व्यवस्था अनुरुप क्रमबद्ध निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताउनुभएको छ। नेता पौडेलले सामाजिक सञ्जालमार्फत संविधानको कार्यान्वयन, अहिलेको व्यवस्थाको संस्थागत विकास र उपलब्धिको रक्षा गर्नु कांग्रेसको जिम्मेवारी भएको बताउनुभएको छ । हाल पाँचदलीय सत्ता गठबन्धनमा स्था...

  • पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

    काठमाडौँ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उहाँको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उहाँलाई मृत घोषणा...

  • मन्त्री यादवको धम्कीप्रति प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण : ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सीके राउतलाई दिएको सार्वजनिक धम्की आपराधिक र बर्बरतापूर्ण भएको बताउनुभएको छ । यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु बिडम्बनापूर्ण रहेको उहाँले बताउनुभएको छ । मधेश बलिदान दिवसको अवसरमा बिहीबार ...

  • भोलिदेखि उपत्यकाका सबै संग्रहालय बन्द

    काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् ।उपत्यकाका तीनवटै प्रमुख जिल्ल...

  • पदावधि बढाउन प्रधानमन्त्री गुहार्ने उपरथी कार्कीलाई कारबाही गर्ने जंगी अड्डाको तयारी

    काठमाडौँ । आफ्नो पदावधि नपढाएको भन्दै प्रधानमन्त्रीलाई उजुरी गरेका नेपाली सेनाका उपरथी अनन्त कार्कीलाई सेनाले कारबाही गर्ने भएको छ । सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई जंगी अड्डाले कारबाही गर्ने तयारी थालेको हो। उनले आफ्नो पदावधि नथपिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा लिखित उजुरी दिएका थिए। उन...

  • रेणु यादवलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग योगेश भट्टराईको माग

    काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गर्नुभएको हो । भट्टराईले लेख्नुभएको छ, 'प...