• न्यायाधीशहरूको बैठक : प्रधानन्यायाधीशलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकमा सहभागी स्रोतले रातोपाटीलाई दिएको जानकारीअनुसार न्यायाधीशहरूले भोलि ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई भेटेर सो कुरा राख्ने तयारी हुन् । ‘मंगलबार ११ः३० बजे प्रधा...

  • बाढीले बगाएर जुम्लाको विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

    खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो। तर यही कात्त...

  • चुनावका विषयमा प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

    काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । सोमबार दिउँसो भएको भेटमा आगामी स्थानीय चुनाव लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री देउवासँग भेट गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरू सिंहदरबार पुगेका थिए । पदा...

  • बेमौसमी बर्षाले ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नष्ट

    काठमाडौँ । कात्तिक पहिलो साता भएको अविरल मौसमले धानबालीमा ठूलो क्षति पुर्याएको छ। सातवटै प्रदेशमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको बालीमा असर गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार उक्त परिमाण धानबाट ८ अर्ब २६ करोड ८० लाख क्षति भएको छ। सबै प्रदेशमा टोलि खटाएर उक्त विवरण...

  • नेपाली दूतावास लन्डनको कार्यबाहक राजदूतमा प्रवक्ता खनाल

    बेलायत । नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त हुनुभएको छ । नेपाल सरकारको निर्णयअनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त हुनुभएको हो । राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मि...

  • नयाँबानेश्वरको बीच सडकमा भ्वाङ

    काठमाडौं । राजधानीको व्यस्त सडक नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहान एकाएक भ्वाङ परेको छ । सडक भ्वाङ पर्दा केहीबेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो । सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठूलो भएको थियो । अहिले भ्व...

  • कोइला अभावको असर नेपालको निर्माण क्षेत्रमा : इँटा र सिमेन्टको उत्पादन लागत बढ्ने

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा देखिएको कोइला अभाव समस्याबाट नेपालमा निर्माण क्षेत्र पनि प्रभावित हुने देखिएको छ । कोइलाको प्रयोग हुने सिमेन्ट र इँटा उद्योगमा यसको प्रभाव देखिन थालिसकेको उद्योगी–व्यवसायीहरुले बताएका छन् । नेपालमा धातु तथा गरगहना बनाउन पनि कोइला प्रयोग हुने गरेको छ । तर त्यो निकै सानो बजार मात्र हो । ...

  • पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते

    पाँचथर । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन...

  • महानगरको प्राथमिकतामा स्वास्थ्य सेवाः मेयर दाहाल

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले १ वडा एक स्वास्थ्य केन्द्र घोषणालाई कार्यान्वयनमा ल्याएको बताउनुभएको छ। भरतपुर महानगरपालिका वडा नं ५ स्थित आनन्दपुरमा सोमबार भीमलाल आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्दै प्रमुख दाहालले जनप्रतिनिधीको रूपमा कार्यभार सम्हालेसँगै नगरवासीको आध...

  • मङ्सिर र पुसमा बाघ गणनाको तयारी

    चितवन ।  राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चाररपाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन राष्ट...