धवलागिरीको मुनामा सार्बजनिक धारा निर्माण

अमित बिश्वकर्मा
म्याग्दी, शुक्रबार जेठ २३ गते ।
म्याग्दीको धवलागिरी गाउँपालीका– ३ मुनामा सार्बजनिक धारा निर्माण गरिएको छ । मुना स्थीत गाउँपालीकाको कार्यालय भवन नजिकै रहेको पानीको मुल सहितको पुरानो धारालाइ भत्काइ पिउने पानी, नुहाउने र कपडा धुने प्रयोजनका लागि ब्यबस्थित धारा निर्माण गरिएको हो ।

आर्थिक बर्ष २०७६÷०७७ का लागि गाउँपालिकाले बिनीयोजन गरेको ३ लाख रुपैयाँ र २० प्रतिशत स्थानीयको श्रमदानमा उक्त धारा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पुर्खमान पुनले बताउनुभयो । ‘५ वटा धारा जडान गरिएको छ । भूइ ढलान गरि कपडा धुनका लागि र नुहाएर बस्न समेत मिल्ने गरि सजिलो ठाउँ बनाइएको छ,’ अध्यक्ष पुनले भन्नुभयो, ‘सुबिधा सम्पन्न धारा निर्माण भएपछि स्थानीयलाइ सहज भएको छ । ’


उक्त स्थानमा रहेको पानीको मुहान र पुरानो धारालाइ मर्मत गरि ब्यबस्थीत बनाएपछि नजिकै रहेको धौलागिरी आधारभुत बिद्यालयलाइ पनि पानी प्रयोग गर्न थप सहज भएको बिद्यालयका प्रध्यानाध्यापक मान बहादुर पुनले बताउनु भयो । २४ सै घण्टा प्रयाप्त पानी सहितको ब्यबस्थीत धारा बनेपछि नुहाउन र कपडा धुनको लागि निकै सजिलो भएको स्थानीय रीता शेरपुन्जाको भनाइ छ ।


सुरक्षीत पीउने पानीको सुविधा पु¥याउन र सरसफाईका लागि सहज बनाउन मुना गाउँका स्थानीयलाइ लक्षित गरि उक्त ब्यवस्थित धारा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार