नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुग्यो

काठमाण्डौं ,शनिबार जेठ २४ गते । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । मृत्यु भएपछि परीक्षण गरिएका थप दुईजनामा कोरोना संक्रमण देखिएको शनिबारको नियमित प्रेस ब्रिफिङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको हो ।

उहाँका अनुसार डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको मृत्युपछि पिसिआर जाँच गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।डोल्पाका पुरुष दमको रोगी रहेको डा. देवकोटाले जानकारी दिनुभयो । उनको २१ जेठमा मृत्यु भएको थियो ।त्यसैगरी धनगढीकी महिला सेती अस्पतालमा २३ जेठमा डायलाइसिस गराउन आएकी र मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको देवकोटाले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार