शिख माविले मनायो बार्षिकोत्सव तथा अभिभावक दिवस (तस्बिर सहित )

सुरेन गुरुङ
शिख ,सोमबार मंसिर १६ गते ।

जिल्लाको अन्नपुर्ण गाउँपालिका– ५ शिख स्थित शिख माध्यामिक विद्यालयले आफ्नो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आइतबार विविध कार्यक्रमको आयोजना गरी आफ्नो ६५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले नमुना विद्यालयको रुपमा छनौट हुन सफल भएकोमा बधाइ समेत दिनुभयो ।

तस्बिर :सुरेन गुरुङ

उहाँले गाउँपालिकाले शैक्षिक क्षेत्र सुधार तथा विकासलाई प्राथमिकता दिएर ठुलो लगानी गरको बताउनुभयो । दुर्गम गाउँका सामुदायीक विद्यालयमा गुणस्तर बृद्धिका लागि गाउँपालिकाले लगानी संगै प्रदेश र संघिय सरकारलाई पहल गरेको अध्यक्ष क्याप्टेन गबुर्जा पुनको भनाइ छ । शैक्षिक क्षेत्रमा गुणस्तर बढाउन सरकार संगै विद्याथीर्, शिक्षक र अभिभावकको उत्तिकै भुमिका हुने बताउनुभयो ।

तस्बिर :सुरेन गुरुङ


‘सामुदायीक विद्यालयमा शैक्षिक क्षेत्रको गुणस्तर बृद्धी र विकासका लागि गाउँपालिकाले प्राथमिकता दिएर ठुलो लगानी गरेको छ,’ अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो । ‘विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सरकार मात्र नभइ शिक्षक ,विधार्थी तथा अभिभावक विचको सहकार्यले मात्र सम्भव छ ।’

तस्बिर :सुरेन गुरुङ

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य ,वडा अध्यक्ष दिनेश कुमार पुन ,सामाजिक विकास समिति संयोजक ओमप्रसाद फगामी ,शिक्षा संयोजक भरत पुन ,वडा सदस्य दिर्जु रन्तिजा ,धनबहादुर पाईजा ,राजेश तिलिजा अभिभावक संघका अध्यक्ष चित्र बहादुर तिलिजा ,राजेश तिलिजा,शिख्तानी पुन समाजका अध्यक्ष समाजसेवी क्याप्टेन बलबहादुर तिलिजा र रामसुवा नेपाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तस्बिर :सुरेन गुरुङ

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजाको अध्यक्षता, शिक्षक बेग बहादुर तिलिजाको स्वागत तथा शिक्षक सेते तिलिजा र खेम पाईजाको संचालनमा कार्यक्रम समापन भएको थियो । युरो गार्ड र झण्डा राख्नका लागि निर्माण गर्न लागिएको पोलको समाजसेवि पेश बहादुर पाईजाकी दिदी स्वरसति तिलिजाले शिलान्यास गरकी गर्नुभएको थियो ।

तस्बिर :सुरेन गुरुङ

साथै कार्यक्रममा जेहेन्दार,गरिब तथा दलित विद्यार्थीहरुलाई छात्रावृती वितरण गरिएको थियो । विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम मार्फत अतिथिहरुलाई स्वागत गरेका थिए । प्रमुख अतिथि क्याप्टेन गर्बुजा पुनले दिप प्रज्वलन गर्नुभएको थियो भने शिख्तानि समाजका अध्यक्ष क्या. तिलिजा ,सामाजिक विकास संयोजक ओम प्रसाद फगामी र निमित्त प्रमुख प्रशाशकिय अधिकृत आचार्यले झण्डोउत्तोलन गर्नु भएको थियो ।

तस्बिर :सुरेन गुरुङ
तस्बिर :सुरेन गुरुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार