उसु खेलाडी पुन मगर सम्मानित

बेनी,शनिबार पौष १२ गते ।
उसु खेलाडी बिन्दु पुन मगर गृह जिल्ला म्याग्दीमा सम्म्मानित हुनुभएको छ । उसु खलाडी पुन मगरलाई मंगला गाउँपालिका–२ बावियाचौरका स्थानीयबासीले बाजागाजासहित फुलमालाले भब्य सम्मान गरेका हुन् । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उसुतर्फ ७० केजी तौल समुहमा सहभागि भएर पुन मगरले रजत पदक जित्नुभएको थियो । नेपालको तर्फबाट उतकृष्ट खेल प्रर्दशन गदै रजत पदक जित्नुभएको थियो । उहाँले १२ औँ सागमा उसुतर्फ रजत पदक दिलाउन सफल हुनुभएको थियो ।

मंगला गाउँपालिका–२ जन्मथलो बावियाचौरमा आउनुभएकी राष्ट्रिय खेलाडी पुनलाई स्थानीयबासीको उपस्थितमा फुलमालासहित बाजागाजाले बावियाचौरमा बजार परिक्रमा गराएको स्थानीयबासी राजकुमार पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार