जिप दुर्घटनामा एक घाइते (तस्बिर /भिडियो सहित)

बेनी ,शुक्रबार फागुन ०९ गते ।
म्याग्दीको बेनीमा जिप दुर्घटना भएको छ । शुक्रबार बेनी नगरपालिका–२ स्थित बगरफाँट जाने क्रममा दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् । ग १ ज ६७९८ नम्बरको टाटा सोमुको जिप दुर्घना हुँदा बेनी नगरपालिका –४ घर भई सोही बगरफाँट बस्ने ३६ बर्षिय डम्मर श्रीस मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले जानकारी दिनुभयो । उहाँका अनुुसार घाइते श्रीसको अवस्था खतरा मुक्त रहेको छ ।

हाँडेभिर डाडाँ स्थित सडकदेखी करिब ९० मिटर तल म्याग्दी खोलामा जिप खसेको थियो । खोलाले बगाइरहेको अवस्थामा श्रीसलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि श्रीसलाई बेनी अस्पताल भर्ना गरिएको थियो । सामान्य उपचार पश्चात घाइते घाइते श्रीुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । जिपमा चालक मात्र रहेको प्रनाउ कुँवरले जानकारी दिनुभयो । कच्चि सडक र चालकको लापरबाहीको कारण अनियन्त्रित भइ चिप्लीएर जिप खसेको हुन सक्ने प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा एक घाइते

जिप दुर्घटनामा एक घाइते

Posted by MyagdiNews.com on Friday, February 21, 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार