धार्मिक पर्यटकीय स्थलको संरक्षणमा जुटे पूर्णगाउँबासी

बेनी मंगलबार माघ १५ गते । म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँका बासिन्दाहरु धार्मिक पर्यटकीय स्थलको संरक्षणमा अग्रसर भएका छन् ।

पूर्णगाउँको शिरमा रहेको टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन एक दशकदेखि सक्रिय पूर्णगाउँबासीहरुले धार्मिक पर्यटकीय सम्भावना बोकेको भुम देवेताको थान रहेको कालोढुंगा संरक्षणका लागि समिति गठन गरेका छन् ।

नरेन्द्र अर्मजाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा दुर्गादत्त आचार्य, कोषाध्यक्षमा रामकृष्ण रेग्मी, सचिवमा चन्द्रबहादुर अर्मजा रहनुभएको छ । सदस्यहरुमा प्रेमबहादुर राम्जाली, रजबहादुर राम्जाली, मात्रिका गौचन, सुवास राम्जाली, दुर्गा केसी, सिमा केसी, सुवर्ण रिजाल, राजाराम भण्डारी, दुर्गाबहादुर गर्बुजा रहनुभएको छ ।

वडा सदस्य जितमान गौचन र कतारका मोहन अर्मजा पदेन सदस्य चयन हुनुभएको छ भने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, क्षेत्रबहादुर भण्डारी, दिलबहादुर गौचन, दिल्लीराज रेग्मीलाई बरिष्ठ सल्लाहकारमा चयन गरिएको छ ।

बाबुराम आचार्य, टेकबहादुर राम्जाली, कृष्णबहादुर खत्री र प्रेमप्रसाद रेग्मी सल्लाहकार रहनुभएको छ । समितिले पूर्णगाउँको बिचमा रहेको भूमे देवता (कालो जुर) को संरक्षण, सर्वद्धन र प्रचारप्रसार गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार