प्रथम बेनी नगर कपको उपाधि माउण्टलाई

बेनी सोमबार माघ २१ गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट आवाशीय माध्यमिक विद्यालयले हात पारेकाे छ ।

सोमबार कालिपुलमा सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि माउण्टले हात पार्न सफल भएको हो । माउण्टले १९ स्वर्ण ३ रजत र १३ काश्य प्राप्त गरी प्रथम भयो ।

यसै गरी १० स्वर्ण,१५ रजत र ११ काश्य प्राप्त गरी न्यू वेष्ट प्वाईन्ट द्धित्तीय हुन सफल भएको छ । यस्तै ६ स्वर्ण,१० रजत र १ काश्य प्राप्त गरी बेनीकै प्रकाश मावि तृतिय भयो । प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५० हजार,३५ हजार र २० हजार नगद पुरस्कार सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रथम,द्धितिय र तृतिय हुने विद्यालय र खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्य समितिका प्रमुख देवेन्द्रबहादुर केसी,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,श्री बक्स गुल्मका गुल्मपति मेजर राजन दाहाल, ,उपमेयर सञ्जुबरुवालले नगद पुरस्कार,मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि जिसस प्रमुख केसीले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा खेलप्रतिभाको विकास भई जिल्ला र राष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति मोहन बानियाँ र विरेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

यसै गरी आइतवार र सोमबार विहान सम्पन्न छात्र र छात्रा तर्फको भलिबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवाशीय मावि नै प्रथम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार