विरोध, मुलुकका भिभिन्न स्थानमा प्रधानमन्त्रीको पुत्ला जलायो

काठमाडौं, शुक्रबार माघ १८ गते । नेपाली काँग्रेसको भातृ संगठन (नेविसंघ) सिन्धुलीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दाेहन गरेको छ ।

पार्टी कार्यालयबाट जुलुस निकाली बजार परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको थियो । वाइट बडी खरिदमा स्पष्ट छानविन नभएकाले भ्रष्ट्राचार मौलाएको र निर्मला पन्तले न्याय नपाएको भन्दै पुत्ला जलाइको हो ।

यदि आफुहरुले उठाएको माग पुरा नभए पार्टी र सम्पुर्ण भातृ संस्था एक जुट भएर अझ सशक्त आन्दोलन गर्ने नेविसंघ सिन्धुलीका सभापति उत्पल खड्काले बताए । पुत्ला दहन गर्दैगर्दा प्रहरी र नेपाल विद्यार्थी संघका कार्यकर्ता विच हात हालाहाल समेत भएको थियो ।

यसैबीच नेविसंघ कैलालीले पनि चर्को नाराबाजी गर्दै शुक्रबार अपरान्ह सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दाेहन गरेका छन् । शुक्रबार दिउँसो नेपाल विद्यार्थी संघ कैलालीका विद्यार्थी नेताहरुले सरकार विरुद्ध नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

विद्यार्थी नेताहरुलाई प्रहरीले रोक्ने प्रयास गर्दा केहीबेर तनाबसमेत सिर्जना भएको थियो । विरोधमा उत्रिएका विधार्थी नेताहरु कांग्रेस पार्टी कार्यालय धनगढीबाट सरकार विरोधी नारा लगाउँदै चोक चोकमा पुगेर प्रधानमन्त्रीको पुत्ला जलाएका थिए ।

सरकारले हुकुमी शासन लाद्न खोजेको , सरकार अधिनायकवादतर्फ उन्मुख रहेको, निर्मला पन्तको हत्यारा पहिचान नगरेको भन्दै पुत्ला जलाइएकाे नेविसंघले जनाएकाे छ ।

त्यसैगरी पोखरामा पनि प्रधानमन्त्रीको पुत्ला जलाइएकाे छ । निर्मला पन्तको हत्यारा सरकारले लुकाएको भन्दै उनीहरुले सरकारको रबैयाको खुलेर बिरोध गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । पर्यटनमन्त्री रबिन्द्र अधिकारीलाई पोखरामा पस्न दिन नहुने र उनले वाइडबडिमा भ्रष्टाचार गरेकोले पोखराको इज्जत नै घटाएको भन्दै चर्को आलोचना गरेका थिए । त्यस्तै रौतहटमा पनि आजै प्रधानमन्त्रीको पुत्ला जलाईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार