छात्रा भलिबलको उपाधि माउण्टलाई

बेनी आईतबार माघ २० गते । बेनी नगर पालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट आवाशिय माविले हात पारेको छ ।

बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतवार सम्पन्न छात्रा भलिबल प्रतियोगितामा माउण्ट एभरेष्टले न्यू वेष्ट प्वाईन्ट आवाशीय माविलाई ३– ० सोझो सेटमा पराजित गर्दै जित हात पारेको हो ।

छात्र तर्फ माउन्ट र न्यू वेष्ट प्वाईन्ट एक रएक सेट बराबरी भएको छ । समय अभावका कारण फाइनल खेल भोली विहान हुने आयोजकले जनाएको छ । पुरस्कार वितरण सहित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भोली सोमबार विहान हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार