निर्माण व्यवसायी संघ म्याग्दीमा समानान्तर कार्यसमिति घोषणा

सन्तोष गौतम

बेनी आईतबार माघ २० गते । निर्माण व्यवसायी संघ म्याग्दीको दसौ अधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका व्यवसायीहरुले आइतबार साँझ समानान्तरण कार्यसमिति घोषणा गरेका छन् । यती होटलमा भएको असन्तुष्ट व्यवसायीहरुको भेलाले गोपालप्रसाद भट्टचनको अध्यक्षतामा १७ सदस्यीय समानान्तरण समिति घोषणा गरेका हुन् । यसअघि आइतबार बिहान संघकै सभाहलमा निर्वाचन प्रक्रिया मार्फत नारायण जिसीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको थियो ।

समानान्तर समितिको बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकोटा, उपाध्यक्षमा नरसिङ खत्री, धनकुमार पुर्जा, महासचिमा इन्द्रबहादुर बानिया ९रवी०, सचिवमा प्रविन सापकोटा र कोषाध्यक्षमा दोजेन्द्र फगामी रहनुभएको छ । सदस्यहरुमा भरत उपाध्याय, दलबहादुर खत्री, नरेश पुन, धनबहादुर बुढा, बुद्धिबहादुर कार्की, हिक्मत गर्बुजा, लोकबहादुर खड्का, जंगबहादुर भण्डारी, इञ्जिनियर सोनाली क्षेत्री र शिवकुमार भट्टचन रहनुभएको छ ।

संघका पूर्व अध्यक्ष अमर बानियाको अध्यक्षतामा भएको सो भेलामा पूर्व अध्यक्ष कृष्णकुमार शेरचनले जिसी पक्षको कार्यशैलीप्रती असन्तुष्टि जनाउदै बाध्य भएर समिति बनाएको बताउनुभयो ।

सल्लाहकार कृष्णकुमार विश्वकर्माले साना ब्यवसायीको संरक्षणका लागि गठन भएको समितिलाई जसरी पनि बैधता दिने दावी गर्दै बालक्लबले जस्तो पनि प्रक्रिया पुरा नगरी चयन भएको कार्यसमिति अबैध भएको तर्क गर्नुभयो । ८९ जना मध्य ४९ जना आफूहरुको पक्षमा रहेको दावी गर्नुभयो ।

अर्का सल्लाहकार हेमराज शर्माले जिसी नेतृत्वको कार्यकालमा समयमा साधारणसभा गर्न नसकेको, साधारणसभामा फर्जी हिसाब देखाएको, बहुमत सदस्यहरुलाई साधारणसभा र अधिवेशनमा सहभागि नगराएको कारण नयाँ समिति बनाएको बताउनुभयो ।

भट्टचनले संघको इतिहाँस रक्षा, व्यवसायिक हक हित र संस्थागत विकासका लागि अघि बढ्ने घोषणा गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार