म्याग्दीमा सरकार बिरुद्ध कांग्रेसको विरोध प्रदर्शन

बेनी साेमबार माघ २१ गते । सरकार विरुद्ध नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । सरकारको कार्यशैलिप्रति असन्तुष्ट जनाउँदै कांग्रेसले देशभर विभिन्न विरोध प्रदर्शन गरेको हो । यसैगरि म्याग्दीमा पनि सरकार विरुद्ध नेपाली कांग्रेस म्याग्दीले विरोध प्रदर्शन गरेको छ । केन्दीय सदस्य भिष्मराज आङ्गदाम्बेको प्रमुख आतिथ्यतामा ¥यालि सहित विविध कार्यक्रम गरि विरोध प्रदर्शन गरेको हो ।


कार्यक्रममा प्रमुख अतिथि आङ्गदाम्बे सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सरकारको कार्यशैलिको आलोचना गर्नुभयो । उहाँले दुई तिहाईको सरकारले तानाशाही शाशन शैलिमा दम्भ देखाएको आरोप लगाउनुभयो । दुई तिहाईको सरकारले जनातामा खुशी भन्दा पिडा बढी दिएको बताउनुभयो । “सरकार राक्षसी शैलिमा जनातालाई विकासको सातो पिडा र दुख दिएको छ ,सरकारको राक्षसी तानाशाहि शाशन विरुद्धमा जनाताले आवाज उठाउने समय आएको छ, ।” उहाँले भन्नुभयो । कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले प्रतिपक्षको भुमिकामा बसी दुईतिहाईको सरकारलाई सहयोग गर्न चाहन्छ । सरकार गलत बाटोलाई त्यागि सच्चीएर अगाडी बढोस् ।

सरकार दुईतिहाईको दम्भ देखाएर अधिनायकवाद तथा तानाशाहीतर्फ उन्नमुख भएको आरोप लगाउदै सरकार नसच्चीए धेरै समय सरकारमा नतिक्ने चेतावनी दिनुभयो । दुईतिहाईको सरकार आफैले जनता सामु घोषणा गरेका निति तथा कार्यक्रम उल्त्याएर विश्वास घाति चरित्र छर्लङ्ग पारेको बताउनुभयो । देशमा भएको व्याप्त भ्रष्टाचार ,हत्या, हिंसा, बलत्कार जस्ता घटनामा घम्भीर भएर रोक्नुको साटो उल्टो संरक्षण र बढुवा दिएको आरोप लगाउनुभयो । सरकार गलत बाटोमा फस्न लागेकाले प्रतिपक्षको हैसियतले सहि मार्गमा ल्याउन र गलत कार्यको सुधार गर्न विरोध गरिएको बताउनुुभयो ।

कार्यक्रममा जिल्ला सभापति खम बहादुर गर्बुजा मगर (खम्बीर), नेपाल महिला संघ म्याग्दीकी सभापति बिमला गौचन, पुर्व सभापति रेशमबहादुर बानियाँ ,नेता नेत्र बहादुर महत , प्रवक्ता अजय मिलन श्रेष्ठ, सचिव एवम् बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,सचिव क्याप्टेन मिन बहादुर कार्कि र जिल्ला सदस्य केवि भण्डारिले दुई तिहाईको सरकारको विश्वसनियता हराएको बताउनुभयो । दुई तिहाईको सरकारल जनतालाई विभिन्न आशा देखाएर दुख दिएको बताउनुभयो । विकास साटो जनातालाई सास्ती र पिडाको उपहार दिएको बताउनुभयो । उहाँहरुले जनताले धान्नै नसक्ने कर तथा महङ्गी बढाएको बताउनुभयो ।

केन्द्रीय नेता आङ्गदाम्बेको प्रमुख आतिथ्यता सभापति गर्वुजा मगरको सभापतित्व बेनी नगरपालिकाका मेयर श्रेष्ठको स्वागत मन्तव्य र सचिव क्याप्टेन कार्कीको संचालनमा कार्यक्रम समापान भएको थियो । कार्यक्रम सुरु हुनु अघि ¥यालीद्धारा बजार परिक्रमा गरिएको थियो ।
विरोध ¥यालीमा सरकार अधिनायकवादको विरोध संसदीय सर्वोच्चता कायम गर, सरकारको भ्रष्टाचार राज्य आतंक बन्द गर, संसदीय मर्यादा पालना गर्न मागहत्याहिंसा बन्द गर, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर,निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही गर ,डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर, चर्को मुल्यवृद्धि फिर्ता गर,तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर , अनियमित बुढीगण्डकी ठेक्का बदर गर,सुशासन कायम गर, विधिको शासनको पूर्ण पालना गर, राज्य संचालन पारदर्शी गर जस्ता नार लेखएिको प्लेट कार्ड लिएर प्रदर्शनमा उत्रिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार