लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन

बेनी सोमबार माघ २१ गते । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् ।

लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन् ।

नाटक मार्फत बालबालिकाहरुले समाजमा अझै अप्रत्यक्ष र प्रत्यक्ष रुपमा जातीय विभेद तथा छुवाछुत भैरहेको अवस्था चित्रण गर्दै त्यसलाई न्युनीकरणका लागि सचेतनाको आवश्यकता औल्याएका थिए ।

विद्यार्थीहरुको सिर्जना र सक्रियतामा नाटक देखाइएको शिक्षिका सुजता सुवेदी रेग्मीले जानकारी दिनुभयो । लिटिल गार्डेनका विद्यार्थीहरुले वातावरण दिवसका अवसरमा कालीगण्डकी र म्याग्दी नदी सरसफाई, युरेसको आयोजनामा मिनी म्याराथुन प्रतियोगिता लगायतका कार्यक्रम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार