नवयुग उत्कृष्ट वर्ष खेलाडी

काठमाण्डौं आईतवार माघ २७ गते । नेपाल खेलकुद पत्रकार मञ्च झापाले शनिबार एक कार्यक्रमबीच झापा स्पोर्टस अवार्ड वितरण गरेको छ । विभिन्न ६ विधामा स्पोर्टस् अवार्ड वितरण गरेको झापाले वर्ष खेलाडीको अवार्ड राष्ट्रिय फुटबल स्टार नवयुग श्रेष्ठलाई प्रदान गरेको छ । झापामा स्पोर्टस् अवार्ड गत वर्षबाट प्रदान गर्न सुरु गरिएको हो ।

विशाल र अनन्त पछि
पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका फुटबलर नवयुग श्रेष्ठले फुटबलकै विशाल राई र अनन्त तामाङलाई पछि पारे । नवयुगले मोटरसाइकल प्राप्त गरे । महिलातर्फ उत्कृष्ट खेलाडी जुडोकी देविका खड्का बनिन् । उनले करातेकी एस्टर राई र फुटबलकी एन्जिला तुम्बाफे सुब्बालाई पछि पारिन् । देविकाले स्कुटी प्राप्त गरिन् । स्कुटी र मोटरसाइकल झापा–११ का अध्यक्ष जलकुमार गुरुङले प्रायोजन गरेका थिए ।

त्यस्तै, मञ्चले ताप्लेजुङका भलिबल प्रशिक्षक तेजप्रताप पतङ्वा सुब्बालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उनलाई नगद ३५ हजार प्रदान गरियो । त्यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड क्रिकेटका वीरु श्रेष्ठलाई प्रदान गरियो । त्यस्तै, जुडोका गंगा खड्का र बक्सिङका डम्बरबहादुर लिम्बूलाई उनले पछि पारे । श्रेष्ठले नगद २५ हजार हात पारे । २५ हजार पुरस्कार राशिकै पिपुल्स चोइस अवार्ड राष्ट्रिय फुटबलर देवेन्द्र तामाङलाई दिइयो । नयाँपत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार