गलेश्वरमा जिप दुर्घटना हुँदा दुई गम्भीर घाईते

बेनी आईतवार माघ २७ गते ।
बेनी देखी रंघुगंगा गाउपालिका २ भगवती जाँदै गरेको जिप गलेश्वरमा दुर्घटना भएको छ ।
आईतवार भगवतीका लागि छ्टेको ग१ ज ५८९९ नम्वरको जिप गलेश्वर पारी रघुगंगा गाउँपालिका तीन पिप्लेको उकालीमा बाट जिप अनियन्त्रीत भई दुर्घटना भएको हो ।


जिप सडक देखी एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले जानकारी दिनु भएको छ ।

जिपमा सवार ९ जना यात्रु घाईते भएको र दुई जना गम्भिर घाईते भएको पौडेलले जानकारी दिनु भएको छ । घाईतेलाई जिल्ला अस्पताल म्याग्दीमा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।थप बिवरण आउन बाकी छ । तस्विर : भरत रकाल शाहि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार