बेनी नगरपालिका ६ को ५० % योजना सम्पन्न

साधन राम्जाली मगर
बेनी सोमबार माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका– ६ को चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ५०% योजनाहरु सम्पन्न भएका छन् ।
वडाले सिफारिस गरि नगव.रपालिकाबाट विनियोजन भएका २८ मध्ये १५ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले बताउनुभयो ।


भौतिक पुर्वाधार,आर्थिक र शुशासन संस्थागत तर्फ गरि चालु आर्थिक बर्षमा नगरपालिकाबाट १ करोड दश लाख रुपैयाँ बजेट विनियोेजन भएको अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक बर्षमा विनियोजित २८ वटा योजना मध्ये पचास प्रतिशत योजनाको काम सम्झौता गरि निर्माण सम्पन्न भएका छन् ।

योजना सम्पन्न हुनेमा पुर्वाधार विकास तर्फ ,विद्यालयको खेल मैदान ,भवन,सडक ,खानेपानी, दलित वस्ती पैदलमार्ग निर्माण तथा मर्मत ,सामाजिक विकास तर्फ चौतारि संरक्षण ,खानेपानी मुल संरक्षण तथा मैदान व्यवस्थापन,वैकल्पीक खानेपानी सेलार तारवार, ट्याङकी पेन्टीङ सुधार योजना सम्पन्नन भएका छन् ।
वडामा विनियोजन भएका योजनाहरु जेठ अगावै सक्ने लक्ष्य लिएको अध्यक्ष बानियाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार