हिरो महिला गोल्डकप स् इरानविरुद्ध नेपालको ३–० को शानदार जित

काठमाण्डौं बुधबार फागुन १ गते ।भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई तीन–शून्यले हराएको छ ।

खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । भारतविरुद्ध पनि दुई गोल गरेकी सावित्राले इरानसँग पनि खेलको ८९औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरिन् ।

आजको खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान सरु लिम्बूले लिएकी थिइन् ।

आजको खेलमा फिफा वरीयतामा ६०औँ स्थानमा रहेको इरानलाई १०६औँ स्थानमा भएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हरायो ।

फाइनल पुग्नका लागि नेपालले म्यानमार र भारतबीचको खेलको नतिजा कुर्नुपर्नेछ । नेपाल र म्यानमारको समान ६र६ अंक रहेको छ भने भारतको ३ अंक रहेको छ । यदि म्यानमारले भारतलाई हरायो वा खेल बराबरी भयो भने नेपाल फाइनलमा पुग्नेछ । यदि म्यानमारलाई भारतले ठूलो मार्जिनले जित्यो भने नेपालको फाइनल पुग्ने यात्रामा बाधक बन्न सक्नेछ ।

नेपाली टिम

गोलकिपरः एन्जिला तुम्बोप्पो सुब्बा

डिफेन्डरः गिता राना, मनमाया लिम्बू, हिरा कुमारी भुजेल, पुनम जर्घा मगर,
मिडफिल्डरः रेनुका नगरकोटी(कप्तान, मन्जली कुमारी योन्जन, दिपा राई, अनिता बस्नेत, सरु लिम्बु
स्ट्राइकरः सावित्रा भण्डारी

ujyalo

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार