प्रथम “राष्ट्रपति रनिङ्ग शिल्ड”प्रतियोगिताको तयारी तिब्र

बेनी बुधबार फागुन १ गते ।
म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा फागुन ३ देखी ५ गतेसम्म संचालन हुने गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारीलाई तिब्रता दिइएको छ ।

यहि फागुन ३ देखी ५ गतेसम्म संचालन हुने कार्यक्रमलाई सफल बनाउनका लागि पुर्व तयारिलाई तिब्रता दिइएको कार्यक्रम संयोजक वडा नं ६ का अध्यक्ष सन्तनाथ जैसि (सन्तोष सुवेदी)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रमलाई सफल बनाउन संयोजक सुवेदी रहने गरि विभागिय उपसमिति गठन गरि कार्यक्रमलाई तिब्रता दिइएको हो । साढे ६ लाख रुपैयाँ बजेटको खर्च अनुमान गरिएको कार्यक्रममा विभिन्न तीन विदाका प्रतियोगिता रहनेछन् । एथलेटिक्स ,छात्रा÷छात्र भलिबल ,तथा कवडी प्रतियोगिता हुने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार रुपैयाँ, शिल्ड ,मेडल र प्रमाणपत्र,द्धितिय विद्यालयले २५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र तथा तृतिय हुने विद्यालयले १५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र पुरस्कार पाउने कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सन्तनाथ जैसीले जानकारी दिनुभयो । साथै उहाँका अनुसार छात्र र छात्रा भलिबल खेल,कवडि र एथलेटिक्सतर्फका प्रथम, द्धितिय तथा तृतिय हुने विद्यालयले क्रमश १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार