भलिबल खेल छात्रः केवि र अमरज्योती तथा छात्रा ः ओखरबोट र अमरज्योती मावि फाइनल प्रवेश

दरबाङ्ग शनिबार फागुन ४ गते । दरबाङमा जारी गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको भलिबल प्रतियोगिता अन्तर्गत छात्र तर्फ र अमरज्योति मावि डाडाँगाउँ र केवि एकेडेमी बोर्डिङ स्कुल तथा छात्रा तर्फ अमर ज्योति मावि र ओखरबोट मावि फाइनमा प्रवेश गरेका छन् ।

शनिबार भएको सेमिपmाइनल खेलमा छात्र तर्फ अमर ज्योती माविले जनप्रिय माविलाई र केवि एकेडेमी बोर्डिङ स्कुल दरबाङले किसानी मावि विमलाई तथा छात्रा तर्फ अमरज्योति माविले निस्कोट माविलाई र ओखरबोट माविले जनप्रिय माविलाई पराजित गरी फाइनमा प्रवेश गर्न सफल भएको हो ।

शनिबार भएको तृतिय स्थानका लागि भएको खेलमा छात्र तर्फ किसानी मावि तथा छात्रा तर्फ जनप्रिय मावि विजय भएको भलिबल रेफ्री संयोजक तेजिन्द्र वानियाँले जानकारी दिनुभयो । फाइनल खेल आइतबार हुने आयोजकले जानकारी दिएको छ । छात्र तर्फ आठ र छात्रा तर्फ पाँच विद्यालयको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार