जनप्रिय मावि दरबाङलाई छात्र तथा छात्रा कवडी खेलको उपाधि

दरबाङ्ग आइतबार फागुन ५ गते ।मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र तथा छात्रा तर्फको कवडि खेलको उपाधि जनप्रिय मावि दरबाङले हात पारेको छ । आइतबार सम्पन्न फानल खेलमा छात्रतर्फ किसानी मावि विमलाई र छात्रामा सिद्धार्थ मावि च्युरिबोटलाई पराजित गरि कवडी खेलको उपाधि चुम्न सफल भएको कार्यक्रम संयोजक एवम् वडा नम्बर ६का अध्यक्ष सन्ताेष सुवेदीले जानकारी दिनुभयो ।

हारसंगै छात्र किसानी मावि विम र छात्रातर्फ सिद्धार्थ मावि च्युरिबोटले द्धितिय स्थानमा चित्त बुझाउन बाध्य भएका छन । यसैगरि छात्र तर्फ दरबाङ ईङ्गलिस बोर्डिङ्ग स्कुल तथा छात्रा तर्फ केवि एकेडेमी दरबाङ तृतिय भएका छन् । प्रथम भएको जनप्रिय मावि दरबाङले छात्र÷छात्रातर्फ १० हजार रुपैयाँ ,कप, मेडल र प्रमाणपत्र पाएका छन् ।


द्धितियी भएका छात्र किसानी मावि विम र छात्रातर्फ सिद्धार्थ मावि च्युरिबोटले ७ हजार रुपैयाँ , कप, मेडल र प्रमाणपत्र पाएका छन् भने तृतिय भएका छात्र तर्फ दरबाङ ईङ्गलिस बोर्डिङ्ग स्कुल तथा छात्रा तर्फ केवि एकेडेमी दरबाङले ५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र हात पारेका छन् ।

प्रतियोगितमा छात्र किसानी मावि विमका पुर्ण पुन मगर र छात्रा तर्फ जनप्रिय मावि दरबाङकी सजिना किसान उत्कृष्ट खेलाडिबाट पुरस्कृत हुनुभएको छ । कार्यक्रममा गाउँलिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बिजेता ,उपविजेता र सान्त्वना तथा उत्कृष्ट विद्यालयलाई पुरस्कारले सम्मान गर्नुभएको थियो । वडा नं ७ का अध्यक्ष रेशम जुग्जाली मगर र कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सुवेदीले खेलाडिलाई अविर खादाले सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार