सडक दुर्घटनामा घाइते सांसद वलीको मृत्यु

काठमाडौँ शुक्रबार फागुन १० गते । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको छ ।
शुक्रबार बिहान ३ बजे दुर्घटनामा घाइते वलीको उपचारका क्रममा निधन भएको हो ।

गत माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते वलीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा राखिएको थियो ।

उनी तत्कालीन एमालेको तर्फबाट दाङ क्षेत्र नं। ३ ९ख० बाट प्रदेशसभामा निर्वाचित भएका थिए । वली दंगीशरण गाउपालिकाको श्रीगाउँका स्थायी बासिन्दा हुन् ।रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार