रघुगंगा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविलाई

बेनी शनिबार फागुन ११ गते । रघुगंगा गाउँपालिका ५ झिँमा शनिबार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधी रघुगंगा मावि राँखु पिप्लेले जितेको छ । १० स्वर्ण ५ रजत र ४ काश्य गरी कुल १९ मेडल प्राप्त गरी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको हो ।

यसै गरी मुक्तिधाम मावि भगवतिले ६ स्वर्ण,४ रजत र ४ काश्य गरी कुल १४ मेडल प्राप्त गरी द्धितिय भएको छ । ३ स्वर्ण,२ रजत र ६ काश्य गरी ११ मेडल प्राप्त गरी महेन्द्र मावि झिँ तृतिय भएको छ । प्रतियोगिताको उपाधी जितेको रघुगंगा माविले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ३० हजार रुपियाँ,द्धितीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद २० हजार, र १० हजार रुपियाँ पुरस्कार हात पारेका छन् ।

प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने विद्यालयहरुलाई गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी,उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत रमेश थापा,बेनी नगरपालिकाका शिक्षा अधिकृत विश्वप्रकास रेग्मी,गाउँपालिकाका शिक्षा शाखा संयोजक बालकृष्ण उपाध्याय लगायत समाजसेवीहरुले पुरस्कार र प्रमाणपत्र,शिल्ड र मेडल वितरण गर्नुभएको थियो । छात्रा भलिबलमा अमर मावि चिमखोला प्रथम र रितुङ मावि कुइनेमंगले द्धितीय तथा छात्र तर्फ रघुगंगा मावि पिप्ले प्रथम र ज्ञनोदय मावि मौवाफाँट द्धितीय भएका छन् ।

भलिबलमा प्रथम र द्धितिय हुनेलाई क्रमश ः ८ हजार ६ हजार र ४ हजार नगद पुस्कार प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक बालकृष्ण उपाध्यायले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई गाउँपालिका अध्यक्ष भण्डारीले भण्डारी अक्षयकोषबाट थप १० हजार रुपियाँ प्रदान गर्नुभएको छ । साथै प्रतियोगितामा एथेलेटिक्सी तर्फका उत्कृष्ट खेलाडी रघुगंगाकी छात्रा रुविना कार्की र छात्र तोपेन्द्र मल्ललाई जनही पाँच हजार पाँचसय रुपियाँ सहित अध्यक्ष भण्डारीले सम्मान गर्नुभएको शिक्षा शाखा संयोजक उपाध्यायले जानकारी दिनुभयो ।

यसै गरी टोडके हिल रिसोर्टका अध्यक्ष मिनबहादुर पाईजा,भुपु गाविस अध्यक्ष रत्नवीर थजालीले प्रथम,द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश तिन हजार,दुइहजार र एकहजार नगद सहित सम्मान गर्नुभएको छ । त्यस्तै ५ नम्बर वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले विजेता विद्यालयहरुलाई क्रमश पाँच हजार,तिनहजार र दुइहजारले सम्मान गर्नुभएको शिक्षा शाखा संयोजक उपाध्यायले जानकारी दिनुभयो ।
प्रतियोगिताको शुक्रवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसील उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा ११ विद्यालयले भाग लिएका थिए ।

भलिबल र एथलेटिक्स खेलको २४ वटा बिधामा प्रतिस्र्धा गराइएको थियो । ८०० मिटर दौडको उद्घाटन खेलको छात्र, छात्रा तर्फ पिप्लेको रघुगंगा मावि बिजयी भएको थियो ।

८०० मिटर दौडको छात्रतर्फ रघुगंगा माविका तोपेन्द्र मल्ल प्रथम, जनता मावि दग्नामका निर्मल गर्बुजा द्धितिय र महादेव मावि बेगका सुसन फगामी तृतीय भएका थिए । ८०० मिटर दौडको छात्रातर्फ रघुगंगा माविको कक्षा ७ की १२ वर्षीय करुणा भण्डारी प्रथम, मुक्तिधाम मावि भगवतीकी समुना मल्ल द्धितिय र ज्ञानोदय माविकी अनुसाकुमारी कार्की तृतीय भएका छन । प्रतियोगिता सञ्चालन गर्नका लागि गाउँपालिकाले पाँचलाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार