प्रहरी सबैको नजरमा रहरलाग्दो बन्दै गएको छ ःप्रनाउ मरासिनी

बेनी आइतबार फागुन १२ गते । म्याग्दी आउनुभएका प्रहरि नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले नेपाल प्रहरी सबैको रहरलाग्दो बन्दै गएको बताउनुभएको छ । आइतबार पत्रकारसंगको भेटको कार्यक्रममा बोल्नुहुदै प्रनाउ मरासिनीलो यस्तो बताउनुभएको हो ।

‘पहिले संगठनमा केहीको गलत प्रवृतिका कारण आम सर्वसाधरण नागरिकको नजरमा घिनलाग्दो र डरलाग्दो बनेका थियौँँ अहिले संगठनमा भएको सुधारको अभ्यासले सबैको नजरमा हामी रहरलाग्दो बन्दै गएको छौं ’ प्रनाउ मरासिनले भन्नुभयो । ‘पहिले गाउँटोलमा हामीलाई देखेर भाग्नेहरु अहिले हामिसंग खुलेर बोल्न थालेका छन् । ’

साथै उहाँले जिल्लाका ग्रामिण भेगमा हुने अपराधजन्य घटना न्युनिकरण तथा आम सर्बसाधरण जनतामा सुरक्षाको अनुभुति गराउन प्रहरी निरिक्षकको नेतृत्वमा ‘लङ रुट गस्ती’ अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।


अभियानले ग्रामिण भेगका नागरिकहरुलाई सुरक्षाको अनुभूति दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । निश्चित स्थानलाई तोकेर परिचालन भएको प्रहरी पाँच दिनमा जिल्लामा फर्किने र फेरी अर्को टोली परिचालन हुने प्रनाउ मरासिनीले जानकारी दिनुभयो ।

अपराधजन्य घटना न्युनिकरणका लागि प्रहरी एक्लैको प्रयासले मात्र सफल नहुने बताउदै प्रनाउ मरासिनीले त्यसका लागि नागरिकले पनि साथ दिनुपर्नेमा जोड दिनुभयो ।
आइतवार देखि बेनी नगरपालिका ३ भकिम्लीबाट गस्ती सुरु गरिएको छ । प्रनाउ मरासिनीले जिल्लाका पत्रकारहरु सँगको अन्तरक्रिया कार्यक्रममा प्रहरी सँग विद्यार्थी कार्यक्रम पनि छिट्ै सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।


प्रहरीले गर्ने क्रियाकलापका बारेमा जानकारी दिन र लागूपदार्थका वारेमा सचेतना वृद्धि गर्न कार्यक्रम गर्न लागिएको प्रनाउ मरासिनीले बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले जिल्लाको ग्रामिण भेगमा प्रहरीको उपस्थितिलाई बढाउन सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार