प्रदेशस्तरीय तेक्वान्डो खेल सुरु

म्याग्दी सोमबार फागुन १३ गते । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबार देखी जिल्लाको सदरमुकाम बेनी बजार स्थित कालिपुल कभरहलमा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ३ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य बिनोद केसिले गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि सांसद केसीले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले गण्डकी प्रदेशले अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न खेलमैदान निर्माण गर्ने योजना बनाउन लागिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ र अध्यक्ष कृष्णकुमार विश्वकर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


प्रतियोगितामा ८ जिल्लाका २ सय जना खेलाडी सहभागिता रहेको प्रतियोगितामा महिलाको ४६ केजीदेखि ७४ केजी सम्म र पुरुषको ५४ केजी देखि ८० केजी माथि समुहको प्रतिस्पर्धा रहने छ ।

प्रतियोगिताबाट २२ जना छनौटट गरिने छ । भने ११ जना पुरुष र ११ जना महिला खेलाडी छनैाट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार