![](https://myagdinews.com/wp-content/uploads/2019/02/IMG_8202.jpg)
बेनी बुधबार फागुन १५ गते ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताउनुभएको छ । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको होे ।
![](https://myagdinews.com/wp-content/uploads/2019/02/IMG_8267-1024x683.jpg)
नेपालमा परम्परा देखी एकात्मक शाशन प्रणालिले गर्दा नेपालका आदिवासी जनजातीहरु राज्यको हरेक नेतृत्वको पहुँचा पुग्न नसकेको मन्त्री थापा मगरले बताउनुभयो । एकात्मक शासन व्यवस्था, देशमा भएको अस्थिर राजनितक तथा बेरोजगारी समस्याले गर्दा आदिवासी तथा विशेष गरि मगर समुदाय रोजगारीका लागि विदेश पलायन हुन बाध्य भएकाले राज्य सत्तामा उनिहरुको उपस्थिती न्युन भएको बताउनुभयो । उहाँले नेपाल बहु जातीय,बहु धार्मिक बहु भाषिक तथा बहु सांस्कृतिक मुलुक भएकाले राज्य सत्तामा सबैको समान पहुचको व्यवस्था हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/02/IMG_8200-1024x683.jpg)
शैक्षिक विकास ,राजनितिक सचेतना तथा आर्थिक विकास संगै सामाजिक कुरिति र विकृतिलाई न्युनीकरण गर्दै राज्यको हरेक सामाजिक, राजनितिक ,प्रशासनिक क्षेत्रमा पहुँच बढाउन सक्षम बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले आदीवासी जनजातीहरुको कला, भाषा, संस्कृतिको संरक्षणमा सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/02/IMG_8241-1024x683.jpg)
नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनले परम्परादेखीको विभेदकारी नीतिका कारण पछि पारिएका आदीवासी जनजाती समुदायले अहिलेको संबिधानमा उल्लेखित अधिकारको उपयोगसँगै थप अधिकार प्राप्तीका लागि अग्रसर बन्नुपर्ने बताउनुभयो । साथै उहाँले शैक्षिक विकास ,राजनितिक सचेतना, आर्थिक रुपान्तरण तथा सामाजिक विकासमा मगर संघले जोड दिएको बताउनुभयो । साथै राज्यले मगर समुदायको भाषा तथा संस्कृतिको संरक्षण र उत्थानमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/02/IMG_8255-1024x683.jpg)
मन्त्री थापाको प्रमुख आतिथ्यता ,नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षता र सहसचिव पुर्ण पुन मगरको संचालनमा उद्घाटन कार्यक्रम समापन भएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/02/IMG_8181-1024x683.jpg)
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमार थापा मगर , नेकपाका नेता हरिकृष्ण श्रेष्ठ , बेनी नगरपालिका ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ , नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली ,नेपाल मगर संघ जिल्ला कार्यसमितिका उपाध्याक्ष डकमाया पुर्जा ,आदिबासी जनजाती महासंघ म्याग्दीका सल्लाहकार तथा मगर संघ म्याग्दीका संस्थापक मुक्ती रोका मगर, नेपाली कांगेस जिल्ला सदस्य मनप्रसाद शेरपुन्जा ,मंगोल नेश्नल अर्गजनाइजेशन म्याग्दीका अध्यक्ष डिके फगामी , जनमुक्ती पार्टीका जिल्ला अध्यक्ष तिलक थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । बिहीबारसम्म चल्ने अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको उपाध्यक्ष पुर्जाले जानकारी दिनुभयाे ।