नेपाल मगर संघ म्याग्दी शाखाको अध्यक्षमा पाइजा

समिर रोका मगर
बेनी ,बुधबार फागुन १५ गते ।नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौ जिल्ला अधिवेशन समापन भएको छ । बुधबार राती सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट नयाँ अध्यक्षमा डकमाया पाइजा मगर निर्वाचित हुनुभएको छ ।


अधिवेशनबाट अध्यक्ष पाइजा मगर सहित उपाध्यक्ष लोकेश पुन मगर ,सचिव खम थापा मगर ,सहसचिव हिरा बहादुर पुन मगर, कोषाध्यक्षमा बिष्णु रोका मगर सहितको २५ सदस्य नयाँ कार्यसमिती चयन गरिएको हो । अध्यक्ष पाइजा निवर्तमान उपाध्यक्ष हुनुहुन्थ्यो । साथै अधिवेशनले सबै गाउँपालिका इकाई र नगरपालिकामा सदस्य चयन गरिएको बताइएको छ ।


अध्यक्ष पाइजा मगरले अध्यक्ष पदमा चयन गर्ने सबैलाई धन्यबाद दिंदै मगर संघको विधानमा रहेर कार्य गर्ने बताउनुभयो ।उहाँले राजनितिक पुर्वाग्रह नराखी जिल्लामा मगर समुदायको कला संस्कृतीको संरक्षण तथा लोपोन्मुख मगर भाषा उत्थानका लागि सबै संग सहकार्य गरि अगाडी बढ्ने बताउनुभएको छ । नयाँ कार्यसमिति पदाधिकारीहरुलाइ प्रमुख अतिथि केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरले प्रमाणपत्र बितरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार