गलेश्वरधाममा करिब पचास हजार भतmजनले पुजा गरे

बेनी सोमबार फागुन २० गते । नेपालको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित गलेश्वर मन्दीरमा पुजा गर्ने भतmजनहरुको संख्या विगतमा भन्दा बढ्ढै गएको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा गर्न म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर कालिगण्डकी नदिको किनार माथि ९ रोपनी क्षेत्रफलमा विशाल पत्थरमा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा विगतमा भन्दा भक्तजनको भिड बढेको हो ।

मन्दिरमा महादेवको दर्शन गर्न भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिर परिसरमा भिड बढेको छ । भगवान शिवको मन पर्ने बार नै बालाचर्तुदशी परेकाले दर्शन गर्न म्याग्दीका विभिन्न गाविसका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलबस्तु लगाएतका जिल्लाबाट समेत गरि यो बर्षको महाशिवरात्रिमा करिब पचास हजार भतmजनहरुले पुजा गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

पर्वको अवसरमा विगत बर्षमा भन्दा यस बर्ष मन्दीरमा पुजा गर्नेहरुको भिड बढेको उहाँले बताउनुभयो ।पर्वको अवसरमा कालिगण्डकी नदीमा स्नान गरी धार्मिक परम्परा अनुसार सत्बीज छदैं भक्तजनहरु मुल मन्दिरमा पुजाआजा गर्ने गर्दछन् । पुजाआजाको ब्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरि ठूलो संख्यामा स्वयमसेवक खटाइएको कोषका कोषध्यक्ष बम बहादुर पुन मगरले जानकारी दिनुभायो । गलेश्वर मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले चढाएको भेटीलाई कोषमार्फत व्यवस्थापन गरी मन्दिरको भौतिक पूर्वाधार विस्तारमा लगानी गर्ने गरिएको कोषध्याक्ष पुन मगरले बताउनुभयो ।

गलेश्वरमा रातभर जागराम बसेर पितृउद्धार तथा शिवलोक प्राप्ति गर्ने जनविश्वासका साथ परापूर्वकाल देखि नै गलेश्वरधाममा सत्बीज छर्ने गरिन्छ । राति जाग्राम बसी भजन कृर्तन गाउने र बेलको वोटमुनी बत्ति बालेर विहान कालिगण्डकी नदीमा नुहाई सत्बीज छर्ने चलन रहेको सचिव रेग्मीले बताउनुभयो ।


बालाचर्तुदर्शीको अवसरमा सत्बीज छर्नाले संसारमा भोकमरी नहुने र खेतीपातीको राम्रो संरक्षण हुने जनविश्वास रहेकाले पनि हरेकबर्ष देशका विभिन्न स्थानबाट गलेश्वरमा पुजाआजा गर्ने गर्दछन् । भगबान शिवका ८८ वटा अवतार मध्ये बाल अवतारको रुपमा रहेको यस धाममा परापुर्व समयदेखी नै गलेश्वरधाममा सत्बीज छर्ने प्रचलन रही आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार