समाजसेवी रोका मगरद्धारा मालिका आधारभुत विद्यालयलाई १ लाख रुपैयाँ सहयोग

बेनी मंगलबार फागुुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दुखूबेशी निवासी हाल संयुक्त अधिराज्य बेलायत (युके ) मा कार्यरत समाजसेवी एवम् चन्दादाता दल बहादुर रोका मगरले दुर्गम गाउँको विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । दुखुलेक स्थित मालिका आधारभुत विद्यालयलाई समाजसेवी एवम् चन्दादाता रोका मगरले १ लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।

समाजसेवी एवम् चन्दादाता रोका मगरले गत शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम रोका मगर र प्रअ पहल बहादुर रोका मगरलाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्नुहँुदै समाजसेवी एवम् चन्दादाता राेका मगरले दुर्गम क्षेत्रमा रहेको विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि , गरिब विपन्न विद्यार्थिहरुलाइृ छात्रबृतिमा सघाउने, भौतिक पुर्वाधार निर्माण र प्राविधिक शिक्षाको विकासका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो । प्रवासमा रहेर पनि ग्रामिण क्षेत्रको विद्यालयलाई आर्थिक सहयोग गरि ठुलो योगदान दिएको बताउँदै प्रअ रोका मगरले समाजसेवी एवम् चन्दादाता रोका मगर प्रति धन्यवाद तथा आभार व्यक्त गुर्नभयो ।

आधारभुत तहको एक देखी कक्षा आठ पढाई हुने प्रअ रोका मगरले जानकारी दिनुभयो । दुर्गम ठाउँ र आवश्यक शिक्षकको दरबन्दी व्यवस्था नहुँदा निजि श्रोतका शिक्षकलाई तलब जुताउन विद्यालयलाई ठुलो आर्थिक भारको समस्या पर्ने गरेको प्रअ रोका मगरको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार