डडुवामा पशु स्वास्थ्य शिविर


सन्तोष गौतम
बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दीको बेनी नगरपालिका- ५ डडुवामा बिहीबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ११२ जना कृषकहरुको तीन हजार भन्दा बढी पशुपंक्षीको औषधी उपचार गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो । उहाँका अनुसार डडुवा, तल्लो डडुवा, चिप्लेटी, पूर्णगाउँ, नयाँगाउँ क्षेत्रका कृषकहरुले सेवा लिएका छन् ।

शिविरमा पशुपक्षीको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण गरिएको थियो । ग्रामिण क्षेत्रका कृषकहरुलाई पशुपक्षिको स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

बेनपा ५ का वडा अध्यक्ष लक्ष्मण बानियाको प्रमुख आतिथ्यता, पूर्व गाविस अध्यक्ष भोजबहादुर कार्कीको अध्यक्षता र प्राबिधिक गौतमको सञ्चालनमा भएको शिविरमा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सिक लक्ष्मीप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार