म्याग्दीमा जेठ २ देखी प्रथम गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने

बेनी शुक्रबार चैत्र १५ गते । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न सरकारी र सरोकारवाला निकायसंगको समन्वय र सहयोगमा आगामी जेठ २ गतेदेखि ४ गतेसम्म प्रदेश स्तरीय जुनियर उसु प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको तयारीलाई तिब्र पारिएको शुक्रवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला उसु संघका उपाध्यक्ष अमृत बास्कुनेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागीताको लागि गण्डकी प्रदेशभित्र रहेका ११ वटै जिल्लाहरुमा पत्राचार गरिएको छ । प्रतियोगिता थाउलुतर्फ तीन इभेन्ट र सान्सौ विद्यामा महिला र पुरुष दुबैको विभिन्न तौल सुमहको ७४ वटा पदकमा खेलाडिहरुले प्रतिस्पर्धा गर्नेछन् ।

महिला र पुरुष दुबै तर्फ स्वर्ण १०, रजत १० र कास्य १७ पदकमा प्रतिस्पर्धा हुने उपाध्यक्ष बास्कुनेले बताउनुभयो । प्रतियोगितामा प्रथमलाई नगद रु १५ हजार, द्धितियलाई रु १० हजार, तृतियलाई रु ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यसैगरि महिला र पुरुष दुबै तर्फ उत्कृष्ट फाइटर र स्कोर र उदयमान खेलाडीलाई रु १ हजारका दरले पुरस्कृत गरिनेछ । प्रतियोगिता सञ्चालनको लागि रु १७ लाख ६१ हजार खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताले गण्डकी प्रदेशभित्र रहेका उसु खेलाडीहरुको प्रतिस्पर्धाबाट खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो । म्याग्दीमा जेठ २ देखी प्रथम गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार