जन्मदिनमा पत्रकार बानियाँद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

बेनी सोमबार चैत्र १८ गते ।
जिल्लामा क्रियाशिल पत्रकार प्रताप बानियाँले ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गरि आपनो जन्मदिन मनाउनुभएको छ । सोमबार परेको जन्मदिनको अवसरमा जिल्लामा रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।

सो सहयोग एक कार्यक्रमका विच कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक सहयोग संगै पत्रकार बानियाँ कोषको आजिवन सदस्य बन्नुभएको छ । आर्थिक सहयोग प्रति आभार प्रकट गदै कोषका अध्यक्ष शाक्यले बानियाँलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो । गरिब तथा विपन्न परिवारका रोगीहरु आर्थिक अभावका कारण उपचारबाट बञ्चीत हुन नपरोस् भनि कोष स्थापना भएको बताउनुभयो ।


पत्रकार बानियाँ नेपाल टेलिभीजन ,उज्यालो रेडियो नेटवर्क ,धौलागिरी टेलिभीजन ,नेपाल समाचारपत्र ,धौलागिरी एफएम , बेनी अनलाइन तथा जिल्लामा प्रकाशन हुने रुप्से दैनिक पत्रिका लगायत सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार