कामदारको गुनासो सुन्न कल सेन्टर ,मन्त्रीले सिधै गुनासो सुन्ने

काठमाडौं मंगलबार चैत्र १९ गते ।

विदेश गएका नेपाली कामदारले भोग्दै आएका गुनासो र समस्या सिधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष राख्न सिंहदरबारमा कल सेन्टर सेवा सुरु गरिएको छ ।
कल सेन्टरमार्फत पीडितले राखेको गुनासो तत्काल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले थाहा पाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

कल सेन्टरमा वैदेशिक रोजगारीको क्षेत्रमा ठगी लगायतका समस्यामा परेका, न्यायको खोजीमा रहेका, विदेशमा अलपत्र परेका, स्वास्थ्य समस्याबाट पीडित भएर घर फर्कन चाहने, जेल सजाय भोगिरहेका कामदारलाई निःशुल्क कानुनी सहायताको आवश्यकता परेका लगायत कामदारले आफ्ना समस्या राख्न पाउनेछन् ।

कामदारका गुनासोलाई छिटो सम्वोधन गर्न सम्बन्धित विभागीय प्रमुखलाई तुरुन्तै जिम्मेवारी दिइने मन्त्रालयले जनाएको छ । तत्कालको लागि स्वदेश भित्र निशुल्क फोन गर्ने व्यवस्था मिलाइएको छ ।

सेवाग्राहीले कल सेन्टरको ११४१, १६६–००१–५००–०५ र ००–९७७–१५९–७००८ नम्बरमा सम्पर्क गरी आफ्ना समस्या राख्न सक्ने मन्क्रालयले जनाएको छ । कल सेन्टरबाट वैदेशिक रोजगार बाहेक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यत्रम, प्रधानमन्क्री रोजगार कार्यत्रम र आन्तरिक श्रम मामिलाका विषयहरुमा समेत सेवा पाउने व्यवस्था मिलाइएको छ । कान्तीपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार