हिन्दुराष्ट्रको माग गर्दै राप्रपाको धर्ना

बेनी बुधबार चैत्र २७ गते । हिन्दुराष्ट्रको माग गर्दै सोमबार बेनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु धर्नामा बसेका छन् ।बेनीको दुरसञ्चार चोकमा दिउँसो १ देखि २ बजेसम्म राप्रपाका नेता कार्यकर्ताहरु धर्ना बसेका थिए । धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद गौचनले नेपालको पहिचान र बुहसंख्यक जनताले मान्ने हिन्दु धर्मको आधारमा हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने उपाध्यक्ष गौचनको भनाई थियो । राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाको नेतृत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव दलकेशर बानियाले गर्नुभएको थियो । हिन्दुराष्ट्र घोषणाका लागि दवाव दिन राप्रपाले म्याग्दीमा हस्ताक्षर संकलन अभियान समेत सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार