बावियाचौरमा आधारभूत पत्रकारिता तालिम सुरु

बावियाचौर शनिबार चैत ३० गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो ।

शनिवार सम्म सञ्चालन हुने तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गर्नुभएको थियो । तालिमको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले संचारमाध्यममा गाउँपालिकाको पहुँच वृद्धिका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाको विकास र समृद्धिका लागि संचार सहयोगी माध्यम भएकाले गाउँपालिकामा पत्रकार उत्पादन गर्नका लागि तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
स्थानीय सरकारलाई बलियो र संस्थागत गर्नका लागि चौथो अंगको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो । सञ्चार क्षेत्रको विकास र क्षमता वृद्धिका लागि गाउँपालिकाले सहयोग गरेको उहाँको भनाई थियो ।


पत्रकारहरुले गलत क्रियाकलापको खबरदारी र सकरात्मक गतिविधिहरुको प्रचारप्रसार गरी जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रोत्साहन गर्न उहाँले पत्रकारहरुलाई अनुरोध गर्नुभयो । गलत कामको खवरदारी र सकरात्मक कार्यको प्रचारप्रसार गर्नुहोस गाउँपालिका अध्यक्ष रोकाले भन्नुभयो, ‘पत्रकारले नकरात्मक भन्दा पनि सकरात्मक कामलाई प्रचारप्रसार गरी नागरिकमा सहि सूचना प्रवाह गर्नुपर्दछ ।’ नागरिकहरुमा सहि सूचना प्रवाह भयो भने मात्र विकास र समृद्धि हाँसिल हुने उहाँको भनाई थियो ।
स्थानीय तह र वडा स्तरमा पत्रकारिताको तथा संचार माध्यमको पहुँच वृद्धि गर्न तालिमले टेवा पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । तालिममा सिकेको सिपलाई व्यवहारमा उर्तान अध्यक्ष रोकाले सहभागिहरुलाई अनुरोध गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले पत्रकारिताको विकासमा सहयोग पु¥याउन तालिम सहयोगी हुने अपेक्षा व्यक्त गर्नुभयो । गाउँपालिकामा उत्पादन भएका समाचारहरु जिल्ला र राष्ट्रियस्तरका संचारमाध्यमहरुमा पु¥याउनका लागि स्थानीय स्तरमा पत्रकार उत्पादन गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले स्थानीय तहमा भएका राम्रा पक्षलाई सञ्चार माध्यममा पु¥याउन तालिम उपयोगि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिलेको व्यवस्थालाई सफल पार्नका लागि पत्रकारहरुले स्थानीय तहले गरेको सकरात्मक क्रियाकलापहरुको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले स्थानीय तहमा पत्रकारिताको विकासका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पत्रकारहरुले स्थानीय तहको निगरानी, खबरदारी र रचनात्मक कामको प्रवद्र्धन लागि स्थानीयस्तरमा पत्रकारिताको विकास आवश्यक भएको बताउनुभयो ।
दुइ दिन सम्म सञ्चालन हुने तालिममा ५ वटै वडाबाट ३० जनाको सहभागिता रहेको छ । तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा,संस्थापक अध्यक्ष घनश्याम खड्का र हरिकृष्ण गौतमले सहजीकरण गर्नुभएको थियो ।
म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव अमित विश्वकर्माले सञ्चालनमा तालिमको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार