पक्राउ परेका पत्रकार गिरीको रिहाईको माग गर्दै धर्ना

बेनी विहिबार बैशाख ५ गते । पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दैै म्याग्दीका पत्रकारहरु पनि आन्दोलित भएका छन् । विहिवार नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अगुवाई जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुले एक घण्टा धर्ना दिएका हुन् ।

अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पत्रकार गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिएका हुन् ।

लोकतन्त्र प्राप्तीका लागि लडेका पत्रकारहरु समाचार लेखेका आधारमा साइबर क्राइम अन्तर्गत पक्राउ गरिनु दुःखद पक्ष भएको पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले बताउनुभयो । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ लाई खारेज गर्न उहाँले माग गर्नुभयो । ठगीको समाचार लेखेको अभियोगमा पत्रकार गिरी सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ पर्नुभएको थियो । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा पत्रकार गिरीलाई केन्द्रीय अनुसन्धान विभाग ९सीईबी०ले पक्राउ गरेको हो ।

उहाँलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।

पत्रकार महासंघलगायतले यसलाई प्रेस स्वतन्त्रताविरुद्ध भएको भन्दै गल्ती सच्याउन माग गरेका छन् । दबावका लागि बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको महासंघले थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार