६ बर्ष अघि मलेसिया गएका म्याग्दीका विरबहादुर अझै घर फर्केनन्

कृष्ण बहादुर खत्री केसी
दरबाङ मंगलबार बैशाख १० गते ।
वैदेशिक रोजगारीमा ६ वर्षअघि मलेसिया जानुभएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ ।


म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मन, छिस्वाङ सिमल डाँडा बस्ने बर्ष २६ का विरबहादुर विश्वकर्मा विगत ६ बर्ष अघि विदेश जानुभएको थियो । विरबहादुरले मलेसिया गएको नौ महिनाको अवधिमा घरमा दुई लाख रुपैयाँ पठाउनुभएको थियो । नौ महिना सम्म सम्पर्कमा रहनुभएका विरबहादुर पैसा पठाए देखी ६ बर्ष भए पनि हाल सम्म कुनै अत्तोपत्तो नभएको विरबहादुरका बुबा बल बहादुर विश्वकर्माले चिन्ता व्यक्त गर्दै भन्नुभयो ।


घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न आफ्नो मुलुक छाडी ६ वर्षअघि २०७० सालमा मलेसिया जानुभएका विरबहादुर लामो समयसम्म घर नफर्किए पनि घरपरिवारमा उहाँ आउने आशा भने मरेर गएको छैन् ।


६ वर्षदेखि सम्पर्कविहिन रहनुभएका आफ्नै पुुसाजु भिम प्रसाद सुनार र सागर खत्री (एजेन्ट) मार्फत विदेश पठाइएको थियो । गरिब एवम् विपन्न परिवारका तीन भाई मध्यका विरबहादुर माईला हुुनुहुनछ ।


विरबहादुर सम्पर्क्विहीन भएपछि उहाँको परिवारको बिचल्ली भएको छ । साथै उहाँका बुबा बल बहादुर विश्वकर्माले छोरालाई खोजिदिन सरोकारवालासँग आग्रह गर्नुभएको छ ।
खोजि कार्यमा सहयोग गर्न सम्पर्क मोबाइल नम्बर ः

बुबा बलबहादुर विश्वकर्मा ः ९८४६९४८९३९
छिमेकी कृष्ण बहादुर खत्री केसी : ९८४६९४८९३९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार