कांग्रेसले भन्यो– प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं

काठमाडौं ,सोमबार बैशाख ३० गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगको रुपमा स्थापित गर्न र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने उदेश्यका साथ मन्त्रिपरिषद्बाट पारित गरी संसदमा दर्ता गराएकोे विधेयक प्रति असहमति जनाउदै पत्रकार महासंघ लगायत सरोकारवाला निकायहरु आन्दोलित भैरहेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यो विधेयकलाई फिर्ता गराएरै छोड्ने उद्घोष गरेको हो ।

आईतबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवाले कम्युनिष्ट सरकारले ल्याएको यो विधेयकलाई प्रेस स्वतन्त्रता माथि नै ‘कू’ गर्न खोजेको आरोप लगाए । अभिव्यक्ति स्वतन्त्रतालाई हस्तक्षेप गर्ने, पत्रकारहरुको अधिकार खोस्ने उक्त विधेयक कांग्रेसलाई स्वीकार्य नहुने सभापति देउवाले बताए । रातोपाटी

सम्बन्धित समाचार

thumbnail

धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका…

thumbnail

४८ घण्टाभित्र राजीनामा दिन्छु : मन्त्री आले

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । ‘पार्टीले…

thumbnail

फेरि एक पटक प्रधानमन्त्री हुने मन छ : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि…